‘जीर्ण धार्मिकस्थलको पुनर्निर्माण सेनाले गर्छ’

सुर्खेत : ऐतिहासिक धार्मिकस्थलको पुनःनिर्माणमा नेपाली सेना परिचालन गर्ने प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन् । ऐतिहासिक धार्मिक स्थलको पुनःनिर्माण तथा युद्ध संग्राहलय निर्माणको काम शुरु भइसकेको प्रधानसेनापति थापाले बताएका हुन् ।

भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्न सुर्खेत आएका थापाले सरकारले अघि सारेको भम्रण वर्षलाई थप प्रभावकारी बनाउन सेनाले पुनःनिर्माणको काम थाल्न लागेको जानकारी दिए । ‘केही जिल्लामा पुनःनिर्माणको र संग्रालय निर्माणको काम शुरु भइसकेको छ’ प्रधानसेनापति थापाले भने, ‘सात प्रदेश र ७७ जिल्लामै रहेका धार्मिक तथा सांस्कृतिक स्थलको सम्वद्र्धन र संरक्षणका लागि सेनाको योगदान रहनेछ ।’

प्रधानसेनापति थापाले अवकास प्राप्त सैनिकहरुको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ ध्यान केन्द्रित रहेको उल्लेख गरे ।
सैनिक कल्याणकारी कोषलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित पारदर्शी बनाइने प्रतिवद्धता थापाको थियो । एक करोडबाट शुरु भएको सैनिक कल्याणकारी कोषमा हालसम्म ४४ अर्ब बजेट रहेको सेनाले जनाएको छ ।

कोषले २१ करोड ७४ लाख कर्जा सिफारिस गरिएको प्रधानसेनापतिले थापाले जानकारी दिए । कोषको २० प्रतिशत कर्जा भूतपूर्व र बहालवाला सेनाहरुलाई सहुलियत दरमा उपलव्ध गराउँदै आएको छ । व्यवसायको प्रकृतिका हेरेर एक लाखदेखी सात लाखसम्म कर्जा दिँदै उपलव्ध गराउँदै आएको प्रधानसेनापति थापाले बताए । ‘व्यवसयमा जोडिएका सेनाले उत्पादन गरेका वस्तुहरुको बजारिकरण गर्न हेडक्वार्टरले अध्ययन गरिरहेको छ’

थापाले भने, ‘सेवानिवृत्त भएपछि आर्थिक आयआर्जनबाट परिवारलाई टेवा पु¥याउन स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।’ प्रधानसेतापति थापाले महिला उद्यमशिलता कर्जा कार्यक्रमको घोषणा गरेका छन् । बहालवाला र भूतपूर्व सैनिक, तिनका परिवार, एकल महिलाको आर्थिक अवस्था उकास्न पाँच वर्षको भुक्तानी अवधिमा १५ लाखसम्म ऋण उपलव्ध गराइने थापाले बताए ।

सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, कालिकोट र डोल्पाका भूतपूर्व सैनिकहरुको सहभागिता छ । सम्मेलनमा प्रधानसेनापतिले नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया