नेपाली भाषाको उद्गमस्थल, नेपालकै ठूलो ताल रारा, नेपालको अग्लो पचाल झरना र नेपालकै गहिरो ताल शे–फोक्सुण्डो कर्णालीका चिनारीहरु हुन् । अग्लो मानव बस्ती डोल्पाको धो र नेपालकै लामो नदी कर्णालीमै अवस्थित छन् ।
यि सम्पदाहरु नै कर्णालीका चिनारी र अमूल्य सम्पत्तिहरु हुन् । यस्ता सम्पदाहरुको संरक्षण र प्रचार–प्रसार गर्न सकियो भने कर्णालीले पर्यटकको गन्तव्य बन्नेमा दुईमत छैन । उसो त कर्णालीका हरेक ग्रामिण बस्तीहरु पर्यटनका आकर्षक गन्तव्यहरु हुन् । यहाँकोे मौलिक भाषा, संस्कृति, रहनसहन, रमणीय अग्ला पहाडहरु र यहाँका नागरिकको दैनिकी आफैमा पर्यटक लोभ्याउने माध्यमहरु हुन् ।
विकासमा सबैभन्दा पुच्छारमा रहेको यो प्रदेशले यिनै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न सकियो भने आर्थिक रुपले प्रगति गर्न सक्छ । किनकी मौलिख संस्कृति र प्रकृतिकले कर्णालीको छुट्टै पहिचान छ । ग्रामिण बस्तीमा रमाउने विश्वका पर्यटकहरुको लागि कर्णाली एउटा आकर्षक गन्तव्य बन्न सक्छ । तर पूर्वाधार र प्रचार–प्रसारको अभावमा पर्यटकको न्यून उपस्थिति छ । प्राकृतिक रुपले कर्णाली जति सुन्दर छ त्यतिनै प्रचारप्रसारको अभाव छ ।
पर्यटकीय स्थलसम्म पुग्नको लागि राम्रो मोटर बाटो छैन । बस्तीबस्तीमा पर्यटकलाई पु¥याउने गाइडरहरु छैनन् । समग्रमाभन्दा कर्णालीमा पर्यटकको हव बन्न सकेको छैन ।सरकारले नेपाल भ्रमण वर्ष मनाइरहदा कर्णाली यि गन्तव्यहरुमा प्राथमिकतामा छन् । पर्यटकीय स्थलहरुको प्रचार–प्रसारका लागि कर्णाली प्रदेश सरकारले पनि पर्यटनबोर्ड गठन गर्ने तयारीमा जुटेको छ । कर्णालीमा पर्यटकीय नीति र प्रदेशलाई पर्यकीय गन्तव्य बनाउने उद्देश्यले पर्यटन बोर्डमा सरकारले दश जिल्लाको प्रतिनिधित्व गराएको छ ।
मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि पर्यटनको क्षेत्रमा क्रियाशिल नागरिकहरुलाई पर्यटन बोर्डमा भित्र्याएको छ । बोर्डमा सबै जिल्लाको प्रतिनिधित्व हुँदा सबै जिल्लाका पर्यटकीय गन्तव्यहरुले प्रचार–प्रसार र पहिचान हुनेछ । पर्यटन क्षेत्रमा कर्णालीका छुट्टै झल्काउन कर्णालीमा भ्रमर्ण वर्षको नारा र लोगो पनि छुट्टै बनाएको छ । लोगोमा पनि कर्णालीको पहिचान छ ।
तर हल्ला गरेर मात्रै कर्णालीमा पर्यटन आउने अवस्था छैन । किनकी पर्यटकीय गन्तव्यसम्म पुग्न पूर्वाधारको अभाव छ । भौगोलिक विकटताका कारण पर्यटकहरु गन्तव्यसम्म पुग्न सक्दैनन् । किनकी पर्यटकीय क्षेत्रसम्म पुग्न पूर्वाधारहरु अभाव छ । पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा प्रदेश सरकारले लगानी नगरेको होइन । २०७५ साललाई सरकारले पर्यटन वर्षको रुपमा मनायो ।
यहाँको प्रर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रारातालमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ठ व्यक्तिहरु, डोल्पामा उपराष्टपति नन्दबहादुर पुनलाई पु¥यायो । खस भाषाको उद्गमस्थल सिंजामा, डोल्पामो धोमा महोत्सव लगायो । तर पूर्वाधारबिनको प्रचार–प्रसार केवल हल्लामै सिमित भयो । पर्यटकका लागि खोलेको भनिएका होमस्टेमा गरिएको लगानी सरकारका मन्त्री र सांसदका आफन्तहरुको खल्तीमा पु¥यो ।
एक हिसावले पर्यटकीय क्षेत्रमा सरकारले गरेको लगानी कार्यकर्ता पाल्ने माध्यम बन्यो । रत पर्यटकीय गन्तव्यमै पर्यटकहरु आएनन् । पूर्वाधारको विकास कछुवाको गतिमा भयो । अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारले नेपाल भ्रमर्ण वर्षलाई सफल बनाउने प्रत्यन गरिरहेका छन् । जो सकारात्मक पक्ष हो । तर पूर्वाधारको विकास विना जति सुकै रमणीय गन्तव्य भए पनि पर्यटकहरु आउने छैनन् । तसर्थ पर्यटकी क्षेत्रको हल्ला मात्रै होइन, त्यहाँसम्म पुग्ने पूर्वाधारको विकास गरौँ । पर्यटन क्षेत्रको लगानी कार्यकर्ता पाल्ने माध्यम नबनाउ । बरु पर्यटकलाई गर्ने आचरणमा सुधार गर ।
युग संवाददाता । । १४ माघ २०७६, मंगलवार १३:१६