एनसेल टावरमा आगजनी

सल्यान : सल्यानका दुई वटा स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बनगाड कुपिण्डे नगरपालिका –४ देउलीमा रहेको एनसेलको टावरमा अपरिचित समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमबार राती अज्ञात समूहले टावरमा आगजनी गरेको हो । टावर सञ्चालनका लागि प्रयोग गरिएको जेनरेटर र बिटीएसको तार काटेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसी ढकेन्द्र खतिवडाले जानकारी दिए ।


यस्तै सोमबार रातीनै शारदा नगरपालिका –१३ लेखटाकुरामा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । सो ठाउँमा पनि जेनरेटर र बिटीएसको तार काटेर आगजनी भएको हो । टावरमा आगजनी भएपछि एनसेलको सिम प्रयोगकर्ताहरुलाई समस्या भएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार