फागुनमा कर्णाली ‘उत्सव’

सुर्खेत : कर्णालीलाई चिनाउने उद्देश्यका साथ आउँदो फागुनमा कर्णाली उत्सव हुने भएको छ । “कुडा कर्णालीका” भन्ने मुल नाराका साथ ऋति फाउण्डेसन सुर्खेतले उत्सवको आयोजना गर्न लागेको हो ।

खष सभ्यता, देशकै आकर्षक पर्यटकीय गन्तव्य स्थल, बहुमुल्य जडिबुटी, जलस्रोत, अर्गानीक उत्पादन तथा लोपउन्मुख पशुपंक्षिले धनी भएको भन्दै कर्णालीलाई चिनाउन उत्सव गर्न लागिएको हो ।
वीरेन्द्रनगरमा हुने उत्सव तीन दिनसम्म मनाइने छ ।


कर्णालीमै पहिलो पटक हुन लागेको ‘उत्सव’मा राजनीतिक, आर्थिक तथा सामाजिक लगायतका विभिन्न विधामा बहस, विमर्श हुने आयोजक संस्था ऋति फाउण्डेसनका संस्थापक सदस्य रेशम बिष्टले बताए । उत्सवमा चर्चित लेखक, साहित्यकार, बौद्धिक वर्ग र सर्वसाधारण जमघट हुने फाउण्डेसनका संस्थापक अध्यक्ष कमलराज लम्सालले जानकारी दिए ।

बहसपछि कर्णालीको सामाजिक चिन्तन, आर्थिक सम्भावनाको खोजी र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने ‘उत्सव’ तयारी समुहका सल्लाहकार तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताए । ‘उत्सव’मा खासखुस, कर्णालीमा कालापहाडका तोणा, कर्णाली क्यानाम घुमेर हेर्दा, दवाइ, देउता भोक र भकारी, कर्णालीको एघारौं जिल्ला जस्ता विषयमा बहस गरिने तन्नेरी चासो सुर्खेतका संयोजक दिनेश गौतमले बताए ।



ताजा समाचार