सभामुखमा अग्नि सापकोटा निर्वाचित

काठमाडौं : झन्डैं चार महिनापछि प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्‍निप्रसाद सापकोटा निर्विरोध निर्वा्चित भएका छन् ।

सभामुखमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले नवनियुक्‍त सापकोटालाई सभामुखमा निर्वा्चित भएको औपचारिक घोषणा गरेका हुन् ।

सभामुखमा सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण थिए ।
माघ ७ गते सभामुखको उम्मेदवारी दर्ता भएको थियो। सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

तपाईको प्रतिक्रिया