‘म बिरामी छु, लुकेको होइन’

सुर्खेत : अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् ।

आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको तिलागुफाका मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए ।


साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो ।विवाद आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् । आफूलाई लागेको रोगका विषयमा भने जानकारी गराएकी छैनन् । नेपालीका अनुसार उनलाई भारतीय डाक्टर अञ्जीर कुमारले उपचार गरिरहेका छन् ।
उनले आफ्नो घाउमा नुन खुसार्नी नछर्कन अनुरोध गरेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार