सुर्खेत : सरकारद्वारा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताले सुर्खेतमा प्रदर्शन गरेका छन् । विप्लव समूहका कार्यकर्ताले व्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका हुन् ।
आफ्ना नेता तथा कार्यकर्तालाई झूट्टा मुद्दा लगाइ जेल र हिरासतमा राखेकोले उनीहरूको रिहाइका लागि दबाब दिन पदर्शन गरिएको बुझिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित आफ्ना धेरै कार्यकर्तालाई बर्तमान सरकारले गैरन्यायिक ढंगले जेलमा राखेको भन्दै सुर्खेतमा विरोध प्रदर्शन गरेको जनाइएको छ ।
सरकारले आस्थाका बन्दीलाई झुट्टा मुद्दा लगाएको र अदालतले छाड्न आदेश दिए पनि कानुनको बर्खिलाप हुने गरी पटकपटक थुनामा राखेपछि उनीहरूको रिहाका लागि दबाबमूलक कार्यक्रमस्वरूप कर्णालीको राजधानी सुर्खेतमा विरोध प्रदर्शन गरिएको हो ।
युग संवाददाता । । १२ माघ २०७६, आईतवार १४:५८