विप्लव समूहलाई मुलधारमा ल्याउछौ : गृहमन्त्री

ओम शाही

सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले अराजक गतिविधीमा लागेका विप्लव समूहलाई संवाद र छलफलबाट मुलधारमा लगाएरै छाड्ने बताएका छन् ।

कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री थापाले थापाले यस्तो बताएका हुन् । प्रतिवन्धित विप्लव समूहका केही छिटपुट घटना बाहेक अन्य त्यस्ता कुनै खालका ठुला घटना नघटेको थापाले उल्लेख गरे ।

विप्लव समूहलाई मुलधारमा ल्याउन वार्ता र संवाद भइरहेको जनाए । विप्लव समूह अराजक बन्दै गएकाले यस्ता अराजक क्रियाकलाप सरकारलाई सैह्य नहुने थापाले जानाए । गृहमन्त्री थापाले सुरक्षा निकायको सक्रियताले शान्ति सुरक्षामा कायम गर्न सफल भएको दावी गरे ।

देशको आन्तरिक तथा बाह्य सुरक्षा, विकासका कामहरुलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे । भारतले लगाएको नाकाबन्दीपछि सरकारले भारतसँगको कुटनीतिक सम्बन्ध राम्रो बनाउन प्रयास गरेको तर भारतले लागू गरेको नयाँ मानचित्रले भने केही दरार उत्पन्न भएको जनाए ।

सरकार सञ्चालनका क्रममा केही त्रुटी देखापरे पनि त्यस्ता त्रुटीहरु सामाधान गर्दै सरकार अघि बढेको थापाले बताए । अहिले विरोधको विषय बनेको एमसीसी सम्झौतामा केही शंसोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै शंसोधन गरेर संसदबाट पारित हुने जानकारी दिए ।

प्रदेश प्रहरी विधेयक संसदबाट पारित भइसकेको र अब छिट्टै लागू हुने बताए । कर्णाली प्रदेशकको राजधानी वीरेन्द्रनगरमा जारी सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, कर्णालीका १० जिल्लाका प्रमुख, तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया