राष्ट्रिय बाणिज्यको ५५ औं बार्षिकोत्सव

दिनेश कुमार बुढा

सुर्खेत : राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय तथा सहायक कार्यालयको ५५ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘बैंकको सेवा प्रवाहप्रति सेवाग्राही सन्तुष्ट छन्, तर समय र सेवाग्राहीको माग अनुसार बैंकले आफ्नो सेवा प्रवाहलाई जोड दिनुपर्छ ।’ व्यवसाय गर्न चाहने सेवाग्राहीलाई ऋण लगानी गर्न बैंक तयारी हुनुपर्ने उनको भनाइ छ ।

बैंकका कर्णाली प्रदेश प्रमुख शालिकराम पोखरेलले ग्राहकको विश्वास जित्नेगरी बैंकले आफ्नो सेवा प्रवाहमा जोड दिएको भन्दै भएका कमिकमजोरीलाई सुधार्दै लैजाने बताए ।

उनले भने,‘सेवाग्राहीको साथसहयोगले बैंकको ५५ बर्ष पार भयो, आगामी दिनमा पनि थप आकर्षक सेवा दिने बैंकले रणनीति थालेको छ ।’ उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले बैंकले व्यापारीबाट असुल्ने चर्को व्याजदर घटाउनुपर्ने बताए ।

राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखा प्रमुख लिलाराम ढुङगानाले आधुनिक प्रविधिको विकाससँगै बैंकले सेवाप्रवाहलाई पारदर्शी र प्रभावकारी बनाएको बताए ।

उनकाअनुसार सुर्खेत शाखाले पुस मसान्तसम्म दुई अर्ब ४४ करोड ८५ लाख ४२ हजार पाँच ७० कर्जा लगानी गरेको छ । जसमा बैंकले नौं करोड ९४ लाख ७७ हजार चार सय ३६ रुपैयाँ नाफा लिएको छ ।

पोशाक वितरण 

यस्तै वार्षिकोत्सवको अवसरमा ६८ जना विद्यार्थीलाई पोशाकसमेत वितरण गरिएको बैंकले जनाएको छ । वीरेन्द्रनगर ११ को कालिका प्राथामिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

पोशाक वितरण गर्दै बैंकका शाखा प्रमुख लिलाराम ढुङ्गगानाले समुदायमा रहेका आर्थिक रुपमा कमजोर विद्यालयलाई पोशाक वितरण गरिएको बताए ।

उनले भने ‘बैंकलाई पैसा झिक्न र राख्ननको लागि मात्र नभएर सम्झन् आग्रह छ । साथै हामिहरुले विगत देखि यस्ता कामहरु धरैमात्रमा गर्दै आएका छौं र आगामि दिनहरुमा पनि समाजमा आर्थिक स्थिति कमजोर तथा विपन्न र गरिब घरपरिवारका विद्यार्थीहरुलाई सहयोग गर्दै जाने छौं ।’

यस्तै बैंकका साहाय प्रबन्धक कलबहादुर बुढाले  ठाउँ बिशेषलाई हेरेर यस्ता कार्यक्रम गर्दै आएको र बाकी दिनहरुमा सबैकाे आवाजहरु सुनेर उनिहरुसंग अनुकुल हुने काम  निरन्तरता दिने बताए ।
पोशाक वितरण संगै विद्यालय प्रध्यापक तथा शिक्षक र अभिभावकहरुले धन्यवाद दिएका छन ।

तपाईको प्रतिक्रिया