मलेसियामाथि क्यान–११ को दोस्रो जित

नेपालको क्यान–११ ले मलेसिया–११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा फराकिलो जित हात पारेको छ ।
मंगलबार भएको दोस्रो खेलमा क्यान–११ ले मलेसियालाई एक सय ७० रनले हराएको हो ।

पोखरा रंगशालामा क्यानले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ ओभर ४ बलमा अलआउट हुँदै एक सय २० रनमा समेटियो । उसका शेद अजिजले सर्वाधिक २८ रन बनाए । यस्तै भुसन सेभले २४, भिरन्दीप सिंहले २३, अहमद अरिफले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न किशोर महतो र ललित राजवंशीले समान ३र३ विकेट लिए । यस्तै सुशन भारीले २ तथा कमल सिंह ऐरी र पवन सर्राफले समान १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । क्यानको लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले समान ५५ रनको अर्धशतकीय इनिङ्स खेले । दुवै खेलाडी रिटायर्ड भए ।

तपाईको प्रतिक्रिया