‘लाइसेन्स वितरण पारदर्शी बनाऊ’

सुर्खेत ; कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण सेवा शुरु गरिएको छ ।

वीरेन्द्रनगरमा लाइसेन्स वितरण प्रक्रिया शुभारम्भ गरीएपछि कर्णालीवासीले अब सुर्खेतबाटै लाइसेन्स पाउने भएका हुन् । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएपछि आइतबारदेखी फर्मसमेत खुला गरीएको हो ।

सुर्खेतबाट लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र चुस्तदुरुस्त बनाइने कर्णाली प्रदेशका मु्ख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । लाइसेन्स वितरण प्रmित्रयाको शुभारम्भ गर्दै उनले प्रदेश सरकारले छिट्टै यातायात व्यवस्था सम्बन्धि कानून बनाउने बताए । लाइसेन्स वितरण प्रक्रियामा यातायात व्यवस्था कार्यालयका कर्मचारीले इमान्दारी भएर काम गर्नुपर्ने उनले औंल्याए ।

‘सर्टिफिकेट लिनकै लागि कर्णालीमा बाहिरबाट पढ्न आउने चलन छ’ उनले भने, ‘त्यसैले फर्म लगाएर मात्रै लाईसेन्स पाइन्छ र लिन सकिन्छ भन्ने सोच सबैले अन्त्य गरांै, लाइसेन्स वितरण जस्तो चिजमा खेलवाड हुदैन ।’ योग्य र सक्षम चालकलाई मात्र लाइसेन्न्स दिइने भन्दै कसैको दवाब र पावरको आधारमा कर्णालीमा लाईसेन्स नपाईने उनले बताए । लाइसेन्स वितरणका लागि ट्राईल सेन्टरमा समेत सिसि क्यामेरा जडान गरीने छ ।

सबै निकायको ध्यान लाइसेन्स वितरणमा भएकाले यातायात व्यवस्था कार्यालयले समेत कमिकमजोरी गर्न नपाउने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘कर्णाली जस्तो भौगोलिक विकता भएकोे ठाउँमा ट्राफिक नियमको पालना हुदैन, अधिकांशले चालक अनुमति पत्र विनै सवारी चलाउँछन्’ उनले भने, ‘२० वर्ष पुराना गाडी नियन्त्रणमा लिनुका साथै र सार्वजनिक गाडी सञ्चालनका लागि अनिवार्य रुडपरमिट समेत तोक्ने व्यवस्था लागू हुन्छ ।’

तपाईको प्रतिक्रिया