ब्रिगेड र संकटाको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

दुवै टोलीले पाएको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा पकड जमाएपनि संकटाले गोल गर्न सकेन ।

ब्रिगेडले पनि गोलको केहि अवसर गुमाएको थियो । खेलमा ब्रिगेडका गोलकिपर विशाल सुनार म्यान अफ दि म्याच चुनिए । ब्रिगेडसँगको बराबरीसँगै संकटाले शीर्ष ६ मा उक्लने मौका गुमाएको छ ।

आठौं स्थानको संकटाले सात खेलमा नौं अंक जोडेको छ । ब्रिगेडले सात खेलमा आठ अंक जोडेको छ । र, ब्रिगेड लिगको नवौं स्थानमा रहेको छ ।v

तपाईको प्रतिक्रिया
error: Content is protected !!