कर्णालीको जटिबुटी र जलविद्युतमा लगानी गर्न बैंकहरु तयार छन् : लिलाराम ढुङ्गाना

लिलाराम ढुङ्गाना 
(शाखा प्रबन्धक) राष्ट्रिय बाणिज्य बैंंक, सुर्खेत

राष्ट्रिय बाणिज्य बैंंक पूर्ण सरकारी सामित्वको बैंक हो । सर्वसाधारण जनताको विश्वासका कारण ग्राहक संख्या धेरै छ । जसले गर्दा बैंकमा ग्राहकको सधैं भीडा हुने गर्दछ । हाल शाखाको नेतृत्व लिलाराम ढुङ्गानाले गरेका छन् । करिव आठ वर्षदेखि बैंकमा कार्यरत उनले शाखा कार्यालय सुर्खेतको शाखा प्रबन्धकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । २०४० साल पौष २८ गते बुवा टिकाराम ढुङ्गाना र आमा चन्द्रा ढुङ्गानाबाट पहिलो सन्तानका रुपमा वीरेन्द्रनगर–५ चिसापानीमा जन्मिएका ढुङ्गानासँग समग्र आर्थिक र बैंकिङ क्षेत्रमा केन्द्रीत रहेर गरिएको कुराकानीको साराशं  :

जुन क्याम्पस पढे, त्यही क्याम्पसमा पढाएँ

स्कूले जीवनमा म मध्यम क्षमताको विद्यार्थी हुँ । कखरादेखि स्नातकोत्तरसम्म सरकारी विद्यालय र क्याम्पस अध्ययन गरेँ । मैले २०४५ सालमा पद्मा लिलाप्रावि ईत्रामबाट औपचारिक शिक्षाको सुरुवात गरेँ ।

त्यहाँ कक्षा पाँचसम्म अध्ययनपछि श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा आठसम्म अध्यय गरेँ । त्यसपछि एसएलसीमा राम्रो अंक ल्याउने आशाले जनमाविमा कक्षा नौं र दशसम्मको अध्ययन गरेँ । २०५७ सालमा एलएलसी उत्तीर्णपछि व्यवस्थापन संकायमा तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट उच्च शिक्षा (इन्टर र स्नातक तह) अध्ययन गरेँ ।

उ बेला सुर्खेतमा व्यवस्थापन संकायमा डिग्री (स्नातकोत्तर) पढाइ हुने क्याम्पस थिएन । जसले गर्दा स्नातकोत्तर अध्ययनका लागि काठमाडौं गएँ । त्रिभूवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहको पढाइ पुरा गरेँ । स्नातकोत्तरपछि जागिरको खोजीमा थिएँ । संयोगबस मैले जुन क्याम्पसमा पढेको थिएँ, त्यही क्याम्पसमा अध्यापन गराउने अवसर पाएँ । २०६६ देखि २०६८ सम्म तत्कालिन बहुमुखि क्याम्पसमा सेवा गरेँ ।

स्थायी जागिरीका लागि प्राध्यापक पेशा छाडेर बैंक राजेँ

अध्ययन सकिन वित्तिकै प्राध्यापक हुने अवसर मिल्यो । तर लामो समय प्राध्यापक पेशामा रहन सकिएन । जुनबेला वीरेन्द्रनगर बहुमुखि क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन हुनेक्रममा थियो ।

तर म त्यो समय आंशिक प्राध्यापकका रुपमा कार्यरत थिएँ । स्थायी रोजगारीको दौरानमा २०६९ बैशाखदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेँ । सहायक प्रबन्धकबाट राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरेँ र अहिले उप–प्रबन्धक पदमा कार्यतरत छु ।

वीरेन्द्रचौक, वीरेन्द्रनगर र प्रादेशिक कार्यालयबाट सेवा दिनेछौँ

राष्ट्रिय बाणिज्य बैंक जनता र समग्र सरकारी क्षेत्रको विश्वासिलो र भरपर्दाे बैंक हो । बैंकले आमनागरिकको विश्वास जितेर मात्रै हुँदैन त्यही अनुसार सेवासुविधालाई सर्वसुलभ र सबैको पुहँचसम्म पु¥याउन सक्नुपर्दछ ।

कहिले कर्णालीका सबै जिल्लामा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरु खुलेका छन् । तर पनि बैंकमा नागरिकको सहजपहँुच पुगेको छैन । तर अन्य जिल्लाको तुलनामा सुर्खेतमा सेवाग्राहीका चाप बढी छ । सुर्खेतमा सेवाग्राहीको चाप बढ्नुको पछाडि केही कारणहरु छन् । पहिलो वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो ।

जसले गर्दा अन्य जिल्लाका नागरिक पनि विभिन्न कारणले सेवा लिनका लागि आउँछन् । दोस्रो सरकारी सम्पूर्ण कारोबार गर्ने बैंक बाणिज्य बैंक हो । तेस्रो कारण भनेको अन्य जिल्लाको तुलनामा सुर्खेत आर्थिक कारोबारो बढी हुन्छ । जसले गर्दा यहाँ सेवा ग्राहीको भीड हुने स्वभाविक हो ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनगर गर्दै सेवा विस्तारमा तयारीमा जुटेका छौँ । नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले छिट्टै वीरेन्द्रचौकमा अर्काे शाखा विस्तार गर्न लागेका छाँै । सम्भवत ः अबको एक÷दुई महिनाभित्र वीरेन्द्रचौकबाट सेवा दिनेछौँ । त्यस्तै वीरेन्द्रनगर नगरपालिमा पनि छिट्टै बैंक काउन्टर राख्छौँ ।

काउन्टर खोल्न वित्तिकै नगरपालिकाको कामका लागि आउने सेवाग्राहीले त्यहीबाट सेवा पाउनेछन् । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकको कर्णाली प्रदेश कार्यालयबाटसमेत हामीले सेवा दिनसकिन्छ कि भनेर सोचेका छौँ । प्रादेशिक कार्यालयबाट एउटा काउन्टर सञ्चालन आएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न सकिन्छ ।

बृद्धआमाबुवालाई सेवा गर्दा खुशी हुन्छु

जुन सुकै बैंकको पहिलो उद्देश्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्नु हो । जतिसक्यो छिटो र धेरै ग्राहकहरुलाई सेवा दिन सछौँ त्यतिनै हामी कर्मचारीहरु सन्तुष्ट हुन्छौँ । बाणिज्य बैंकमा विशेषगरी सरकारी, उद्योगी, व्यवसायी र व्यक्तिगत कारोबारका लागि सेवाग्राही आउँछन् ।

मेरो व्यक्तिगत कुरा गर्दा बैंकमा आउने बृद्धआमाबुवाहरुलाई सहज रुपमा सेवा दिँन पाउँदा निकै खुशी हुन्छ । बृद्धहरुले सेवा लिन विशेष प्राथमिकता राखेर सेवा दिने गछौंँ ।
यसरी बृद्धआमाबुवालाई सहज रुपमा सेवा दिन पाउँदा सन्तुष्टि हुन्छ । त्यस्तै दशै तिहार जस्ता ठूला छाडपर्व र असार मसान्तको समयमा अफिसको काम नभनी धेरैलाईसेवा दिन पाउँदा अन्त्यन्त खुशी मिल्छ ।

यस्तै हाम्रो बैंकमा ब्याजदर निकै न्यून छ । न्यून ब्याजदरकै कारण मध्यम बर्गका नागरिकहरु कर्जाका लागि बैंकमा आउनुहुन्छ । तर कर्जा लिदा प्रक्रिया अली लामो छ । कर्जाका लागि आएका र बैंकलाई उपयूक्त लागेका परियोजनाहरुले मात्रै कर्जा पाउँछन् । किनकी राष्ट्रिय वाणिज्य बैंक पूर्णतया सरकारी बैंक हो ।

बैंकले सर्वसाधारणलाई सेवासँगसँगै सरकारका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गराउने सन्दर्भमा सबैभन्दा अगाडि छ । विगतदेखि नै सरकारले ल्याएका विभिन्न अनुदानमा आधारित सहुलियत कर्जा कार्यक्रमलाई सफल बनाउने काम बैंकले गर्दै आएको छ ।

क्षणिक लाभ र सावधान अपनाउन नसक्दा बैंक घोटाला हुन्छ

सेवा सुविधाका हिसावले बैकिङ क्षेत्रमा आकर्षक सेवा सुविधा छ । तर यो एउटा जोखिमपूर्ण क्षेत्र पनि हो । किनकी यहाँ दैनिक लाखौंको कारोबार गर्नुपर्छ ।
काम गर्दा थोरै सावधान अपनाउन सकिएन भने ठूलो समस्या झेल्नुपर्छ ।

कतिपय अवस्थामा कर्जाका ठूलाठूला फाइलहरु केलाउँदैगर्दा अञ्जानमा पनि गल्तीहरु हुन्छ । त्यस्तै केही त नियबस पनि गल्ती भएका छन् । केही सिमित व्यक्तिले क्षणिक लाभ र फाइदाका लागि घोटाला गर्छन् । अहिले जे गरे पनि गल्ती गर्नेले एकबेला कारबाहीको भागीदार बन्नुपर्छ ।

यसका साथै नीतिगत रुपमा पनि उच्च तहमा बैंकिङ घोटाला भएका छन् । पछिल्लो समय विभिन्न उच्चतम प्रविधिको प्रयोग गरेर पनि पैसा चोरीका घटना बढेका छन् ।
कुनै घटनामा बैंककै कर्मचारीबाट भएका छन् । बैंकमा लामो अनुभवपछि बाहिरिएका कर्मचारीहरुले नै नक्कली एटीएमकार्ड र विभिन्न प्रविधिको प्रयोग गरेर अपराधिक क्रियाकलाप गर्छन् ।

विदेशी नागरिकहरु पनि आर्थिक लाभपाउने उद्देश्यले बैकिङ अपराधमा संलग्न हुने गरेको पाइन्छ । उनीहरुले विश्वका उच्च प्रविधिको प्रयोग गर्दै एटिएमका बुथहरुबाट चोरी गर्दछन् । यसका साथसाथै नेपालको बैकिङ प्रर्णाली पनि त्यति सुरक्षित छैन । विभिन्न प्रविधिका कारण बैकिङ प्रर्णाली असुरक्षित बन्दै गएकोे छ ।

सुरक्षा र भौगोलिक विकटताका कारण दुर्गममा बैंकलाई चुनौती

कर्णाली भौगोलिक रुपमा विकट छ । जसको असर बैंक क्षेत्रले पनि भोग्नु परेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने लक्ष्य लिएअनुसार सबैं स्थानीय तहमा बैंक त पुगेका छन् । तर दुर्गमका केही ठाउँबाट नियमित सेवा पु¥याउन सकिएको छैन् ।

जसका दुई वटा कारण छ । पहिलो कारण भौगोलिक विकटता छ । आर्थिक कारोबारका लागि नेट, इन्टरनेट, विद्युतको अभाव छ । त्यस्तो ठाउँमा भिस्याट इन्टरनेटबाट बैकिङक कारोबार गर्नुपर्छ । दोस्रो कारण बैंकका लागि दुर्गमका केही ठाउँहरु असुरक्षित छन् ।

ति ठाउँहरुको बलियो सुरक्षा व्यवस्था छैन । उदाहरणका लागि माथिल्लो डोल्पाबाट सेवाप्रवाह गर्न बैंकहरुलाई ठूलो चुनौती छ । त्यहाँ केही भइहाल्यो भने खबर गर्न टेलिफोन छैन, नेट छैन । जहाँ १२ महिना कर्मचारी बस्नसक्ने अवस्था छैन । मौसम प्रतिकुल नहुँदा हाइअल्टीच्यूटका कारण कर्मचारीलाई रातारात उद्दार गरेर ज्यान बचाउनुपर्ने अवस्था छ । यस्ता विविध कारणले दुर्गमा नियमरुपमा बैंकलाई सेवा प्रदान गर्न ठिकै कठिन छ ।

प्रदेश अस्पतालमा एटिएम सेवा राख्न सकिन्छ

अहिले पनि प्रविधिमा नेपाल पछाडि छ । विश्वका विकतिस मुलुकहरु एउटा चिप्सको भरमा ठूलाठूला आर्थिक कारोबार गर्छन् । तर हामी त्यहाँ पुग्न धेरै समय लाग्न सक्छ । प्रविधिको विकास हुँदै गर्दा काठमाडौं लगायतका शहरहरुमा चोक–चोकमा बैंकका एटीएम सेवाहरु छन् ।

सुर्खेतमै पनि सबै बैंकले एटीएम सेवा दिएकै छन् । ठूलठूला होटल व्यवसायले प्रविधिको प्रयोग गर्दै कारोबार गरेका छन् । बैंकहरुले प्रविधिको विकाससँगै क्यूआरकोर्ड, ई–बैकिङ सेवा, एटीएम लगायतका प्रविधिको प्रयोगबाट सेवा दिएका छन् । आवश्यक भयो र एटीएमका लागि वीरेन्द्रनगर रात्री सुरक्षितको व्यवस्था राम्रो भएको खण्डमा बैंकहरुले रात्रीकालिन एटीएम सेवा दिन तयार छन् ।


तत्कालका लागि प्रदेश अस्पताल २४ घण्टा एटीएम सेवा दिन सकिने अवस्था छ । तर एटिएम सेवा सुरु गरेर मात्रै हुँदैन । किनकी इन्टरनेट सेवा गुणस्तरिय नहुँदा एटीएममा पनि बेला–बेलामा समस्या आउने गरेको छ । बैकिङ प्रर्णाली इन्टरनेटमा आधारित छ । इन्टरनेटमा समस्या आउन वित्तिकै बैंकिङ प्रर्णालीमा पनि समस्या आउँछ ।

कहिलेकाँही सबै ठिक हुँदाहुँदै पनि एटीएम (मेसिन) मा समस्या आउँछ । मेसिनरी सामान र प्रविधिका बैंकको बहसमा हुँदैन जसले गर्दा सेवाहरु बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आउँछ । तर सेवा प्रवाहलाई चुस्तदुस्त गराउने हो भने बैंकहरुले बैकल्पिक इन्टरनेट राख्न आवश्यक छ । यसका अलवा बैकरहरुले पनि सुरक्षा प्रर्णालीलाई ध्यान दिन जुरुरी देखिन्छ ।

कुनै पनि समयमा दङ्गा आतंक मचिन्न सक्छ, त्यस्तो समयमा सरकारी सुरक्षाको साथसाथै बैंकहरुले आन्तरिक सुरक्षा प्रर्णालीलाई अझ बलियो बनाउनु आवश्यक छ ।
यति गर्न सकियो भने एटीएम, सन्धाकालिन र रात्रीकालिन सेवा दिन सहज हुनेछ ।

कमजोर नीतिका कारण आर्थिक क्षेत्रमा सरकार कमजोर बन्यो

बैंकिङ क्षेत्र र सरकारी क्षेत्र एक भिन्न–भिन्नै क्षेत्र हुन । बैंकले मासिक, अर्धवार्षिक वा वार्षिक निक्षेप, कर्जा तथा नाफा आदिको लक्ष्य निर्धारण गर्छ र सोही अनुरुप लक्ष्य पुरा गर्छ ।

सरकारले वार्षिक नीति तथा कार्यक्रम बनाएर विकास निर्माणका योजनाहरु बनाउँछ, बजेटहरु छुट्याउँछ । तर अन्तत अधिकाँस योजनाहरु सफल हुँदैन, बजेट फ्रिज जान्छ । जसको एउटै कारण कमजोर कार्यान्वयन पक्ष हो । चालू खर्च पुरा गर्ने तर पूँजीगत खर्चको लक्ष्य हुन नसक्नुको पछाडि सरकारको कमजोर नीति नै हो ।

उद्योगको विकासबिना आर्थिक समृद्धि सम्भव छैन

युवा जमात देशको उर्जाशिल शक्ति हो । जसले गर्दा युवालाई स्वदेशमै रोजागरी दिन र उद्योग धन्दाहरु खोल्न सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार नै युवाहरुले विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

तर मलाई के लाग्छ भने नगद अनुदान र सहुलियतमा कर्ता दिएर मात्रै उधमिशलताको विकास सम्भव छैन । यदि युवा जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्ने हो, उद्योग धन्दाहरु खोल्ने हो र आर्थिक समृद्धि चाहाने होे युवाहरुमा उद्यमशिलतको विकास गर्न जरुरी छ ।

आर्थिक सहुलियतसँगसँगै युवाहरुलाई प्राविधिक ज्ञान र क्षमताको विकास गर्न आवश्यक छ । बैंकले कृषिमा लगानी गर्दै आएका छन् । तर कृषिमा सोचे अनुसारको विकास भएन ? उद्यमीहरु जन्मिएन । जसको एउटै कारण उद्यमीहरुमा अनुभव र ज्ञानको अभाव हो । लगानी गरेको योजनाहरुमा समस्या आयो । लगानी डुब्यो ।

तसर्थ अब आर्थिक क्षेत्रको विकासका लागि युवालाई आर्थिक सहायतासँगसँगै उद्यमी बन्ने क्षमता विकास गर्न जरुरी छ । अहिले युवाहरुमा उद्यमीबन्ने सोच पलाउन सकेको छैन । अनुउत्पादक क्षेत्र र बिलासी बस्तुमा युवाहरुले लगानी गरेका छन् । यस्तो परीस्थितिबाट देशले आर्थिक समृद्धि सम्भव छैन ।

उत्पादनशिल क्षेत्रमा लगानीको कमी छैन

अहिले देशको आर्थिक अवस्था निकै कमजोर छ । सरकारले पनि देश विकासका आधाहरु के–के हुन भनेर छुट्याउने सकेको छैन । स्रोत र साधनले भरिपूर्ण हुँदाहुँदै पनि आर्थिक क्षेत्र झनझन् कमजोर बन्दै गएको छ ।

कच्चा पदार्थ दिनप्रतिदिन खेर गइरहेको छ । तर नेपालमा उधमीहरु जन्मिन सकेका छैनन् । जवसम्म देशले आफूसँग भएको स्रोतसाधनको प्रयोग गरेर उद्योगधन्दाहरु खोल्न सक्दैन तबसम्म आर्थिक अवस्थामा सुधार आउँदैन । देशमा बैंक तथा वित्तिय संस्थाहरुको तिब्र विकास भएको छ ।

उत्पादन क्षेत्रमा लगानीको कमी छैन । उत्पादनशिल क्षेत्रमा बैंकहरु जतिबेला पनि लगानी गर्न आत्तुर छन् । जलविद्युत र जडिबुटीमा कर्णाली प्रदेश धनी छ । कर्णालीमा जडिबुटी उद्योग खोल्ने हो र जलविद्युत आयोजनाहरु सञ्चालन गर्ने हो भने बैकहरु लगानी गर्न तयार छन् । समग्रमा स्रोत र साधनको उच्चतम प्रयोग गर्दै आर्थिक विकास गर्न बैंकसँग पूँजीको अभाव छैन । तर उपयुक्त परियोजनाहरु उद्यमीहरुबाट आउन आवश्यक छ ।

बाणिज्य बैंकले साढे तीन सय कर्मचारी माग गर्दैछ

पछिल्लो समय बैंक क्षेत्र एउटा आकर्षणको केन्द्र बनेको छ । अहिलेका युवा पिढीहरुमा बैंक तथा वित्तिय क्षेत्रमा रुची बढेको छ । जसका कारण अध्ययनका लागि व्यवस्थापन संकाय विद्यार्थीको पहिलो रोजाईमा परेको छ ।

व्यवस्थापन संकाय अध्ययन गरेका विद्यार्थीको रोजार्ई बैंक नै हो । तर यहाँ आउनका लागि त्यति सजिलो भने छैन । कुनै पनि क्षेत्रमा एक पटक सफल भइन्छ भन्नै छैन । तर निरन्तरको प्रयासपछि एकदिन अवश्य सफलता हातपर्छ ।

तसर्थ मैले बैंक क्षेत्रमा आउने आगामी पिढिलाई बैंकको पाठ्यक्रम अनुसार अध्ययनलाई निरन्तरता दिन सुझाव दिन चाहान्छु । किनकी आज बैंकिङ क्षेत्रमा ठूलो जनशक्ति आवश्यक छ ।
राष्ट्रिय बाणिज्य बैंकले नै छिट्टै साढे तीन सय बढी जनशक्ति माग गर्दैछ ।

यति ठूलो मात्रामा जनशक्ति माग भइरहदा यो समय नै रोजगारीका लागि ठूलो अवसर हो । तसर्थ यस्तो सुनौलो मौका नचुकाउने गरी आफूलाई तयार बनाउनोस् । गाउँगाउँमा बैंकहरु खुल्नेक्रम बढ्दो छ । आज बाणिज्य बैंक मात्रै होइन, निजी बैंकहरुले पनि ठूलो संख्यामा जनशक्ति माग गरिरहेका छन् ।

सम्बन्धित बैंकको पाठ्यक्रम अनुसार पढाईलाई निरन्तरता दिन सकियो भने बैंकमा रोजगारीको अवसर प्राप्त हुन्छ । परीक्षार्थीले बैंक तथा आर्थिक विषयबस्तुका सम्बन्धमा आफूलाई निरन्तर अपडेट गर्न जरुरी छ ।

माथिल्लो डोल्पामा शाखा खोलेपछि जीवनमा खुशी थपियो

व्यक्तिगत रुपमा मेरो जीवन खुशी नै छ । तर जागिरीको सिलसिलामा एउटा ठूलो जोखिम मोलियो । शाखा विस्तारका लागि माथिल्लो डोल्पामा गएका चार जना साथीहरुले लेकलागेपछि बिचबाटोबाट उद्दार गर्नुप¥यो ।

तर कार्यालयले म नगएसम्म शाखा विस्तार गर्न नसकिने निष्कर्ष निकाल्यो । बैंकले दुर्गम क्षेत्रमा मलाई खटायो । जोखिमपूर्ण अवस्थामा चार पटक डोल्पा पुगेर शाखा खोल्न सफल भएँ ।
मौसमको प्रतिकुलतासँग लढ्दै माथिल्लो डोल्पावासीलाई सेवा दिएको क्षण नै मेरो जीवनमा सबैभन्दा खुशीको पल हो ।

जीवनमा खुशीमात्रै होइन केही दुःखहरु पनि छन् । बाल्यकालमा मेरो मिल्ने साथी गुमाउँदा साह्रै दुःख लागेको थियो । सानोमा घाँसदाउरा र गोठाला जाने साथी गुमाएँ । अहिले पनि साथीको घरमा पुग्दा उहाँका आमाबुवाहरुले पीडा सुनाउनु हुन्छ । जुन घटनाले जीवनलाई दुःख तुल्याएको छ ।

अवकासपछिको योजना

कुनै पनि व्यक्तिका योजना समय अनुसार परिवर्तन हुन्छन् । अहिले सोचेको योजना अवको दशवर्षपछि पुरा नहुन सक्छ । तर अहिलेको अवस्थामा म अर्थशास्त्र र व्यवस्थापनको विद्यार्थी भएका नाताले अवकासपछि पनि आर्थिक र समाजिक विकासका क्षेत्रमा लाग्नेछु । सामाजिक क्षेत्रको आर्थिक विकासमा खटिने छु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार