नौं हजार चौपायाको उपचार

सल्यान : सिम्तामा नौं हजार पशुको उपचार गरिएको छ । सिम्ता गाउंँपालिका विभिन्न वडाहरुमा पशु स्वास्थ शिविर सञ्चालन गरेर पशुको उपचार गरेको हो ।

गाउँपालिकाले घोरेटा, काफलकोट, झ्याम र नाडमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुहरुकको उपचार गरेको हो । गाउँपालिकाको पशु शाखाले शिविरको आयोजना गरेको हो । शिविरमा ६ हजार ७ सय ६५ खसी बाख्रा, ९ सय ६ वटा गाई गोरू, ३ सय ७१ वटा राँगाभैंसी र ९ सय ३९ वटा कुखुराको उपचार तथा स्वास्थ्य परिक्षण गरिएको थियो ।

त्यस्तै ५१ वटा कुकुरलाई रेविज विरूद्घको खोप लागिएको छ । पशु शाखा प्रमुख दिलबहादुर पुनले दिएको जानकारी अनुसार जनतासँग सिम्ता गाउपालिका कार्यक्रम अन्तरगत पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । नागरिकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले टोलटोलमा गएर पशु चौपायाहरुको उपचार गरिएको हो ।

तपाईको प्रतिक्रिया