फागुनमा स्ववियु चुनाव

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने भएको छ ।

चुनाव गर्न आफू प्रतिवद्ध रहेको त्रिविले जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच आइतबार यस विषयमा सहमति भएको हो ।

इकाई अध्यक्ष हरि आचार्यले भने, ‘विद्यार्थीको मागअ नुसार त्रिवि फागुनभित्रै चुनाव गर्न सहमत भएको छ ।’ सहमति अनुसार चुनावको मिति तोकेर एक महिना अघि कार्यतालिका सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको शाखाका निर्देशक गंगाबहादुर थापाले जानकारी दिए ।

यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ ।

तपाईको प्रतिक्रिया