हवाई सेवा सुचारु

हुम्ला : सिमकोट विमानस्थलमा जमेको हिउँ डोजरले पन्छाएपछि चार दिनपछि हुम्लामा हवाई सेवा सुचारु भएको छ ।

गत बिहीबारदेखि हिमपात हुँदा हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएपछि अन्य विकल्प नदेखिँदा डोजरले हिउँ पन्छाएर चार दिनपछि हवाई सेवा सुचारु भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

डोजरसँगै प्रहरी पनि हिउँ फाल्ने काममा खटिएको उनले बताए । हवाई सेवा सुचारु भएपछि नेपालगञ्ज र सुर्खेतबाट आधा दर्जन उडान भएको थियो ।हवाई सेवा सुचारु भएपछि चार दर्जन यात्रुहरु जिल्लाबाट बाहिरिएका छन् ।
आइतबार समिट, सीता र तारा एयरका जहाजहरुले उडान भरेको विमानस्थलले जनाएको छ ।

तपाईको प्रतिक्रिया