डोल्पामा पहिलो पटक सरकारी गाडी

डोल्पा : डोल्पामा पहिलो पटक ‘कर्णाली प्रदेश ०२–००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जिप) भित्रिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले २७ लाखमा खरिद गरेर उक्त गाडी जिल्ला पुर्याएको हो ।

सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जीनियर योगेन्द्र धरालाले जानकारी दिए ।

जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुईलाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए ।

अघिल्लो मंसिरमा औपचारिक रुपमा घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ । डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् ।

डोल्पाका सरकारी कार्यालयका मोटरसाइक भने अहिले पनि नेपालगञ्ज र सुर्खेतमा चलिरहेको पाइन्छ ।  तर भौतिक पूर्वाधार विकास कार्यालयले विभिन्न दुखका साथ गाडी डोल्पामा पु¥याएपछि अन्य सरकारी कार्यालयलाई समेत बाध्यता आएको छ ।

तपाईको प्रतिक्रिया