मृगौलापीडितलाई आर्थिक सहयोग

सल्यान : वनगाड कुपिण्डे नगरपालिका–११ रैकरका मृगौलापीडित विष्णु टमाटाको उपचारका लागि आर्थिक जुटेको छ । विष्णु टमाटा बचाउ अभियान सञ्चालन गरेर उठेको तीन लाख ५७ हजार हस्तान्तरण गरिएको छ ।

आर्थिक अभावमा उपचार रोकिएपछि सहयोग रकम संकलन गरिएको हो । नेकपा सल्यानका अध्यक्ष गोविन्दकुमार पुनले पीडितको आमा रेउती विकलाइ घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

बनगाड नगरपालिकाका प्रमुख समेत रहेको पुनले टमाटाको उपचारको लागि नगरपालिकाको तर्फबाट पनि आर्थिक सहयोग गर्ने बचन दिए ।
उनले व्यक्तिगत सहयोग गरेका थिए ।

पीडितका श्रीमान जयराम टमाटाले उपचारको लागि उपचारमा सम्पूर्ण रकम सकिएको बताउ । उपचारकै क्रममा ३० लाख रकम सकिदा पनि उपचार सम्भव नभएको उनले बताए ।

तपाईको प्रतिक्रिया