साझाको शेयर बृद्धि : अध्यक्षमा खड्का

सुर्खेत : वीरेन्द्रनगरको साझा बचत तथा ऋण सहकारी संस्थाले शेयर बृद्धि गरेको छ । संस्थाले यस वर्षमात्रै १८ दशमलव ४० प्रतिशतले शेयर पूजी बृद्घि गरेको हो ।

सस्थाको नौं बार्षिक साधारण सभामा सार्वजनिके वार्षिक प्रगति प्रतिवेदनमा गत वर्षभन्दा आचु आर्थिक वर्षमा शेयर पुजीमा सुधार आएको जनाईएको छ । गत आर्थिक वर्षमा जम्मा ६० लाख ६३ हजार १ सय रेहेको शेयर पुजी रहेकोमा यस वर्ष त्यसमा वृद्घि भई ७१ लाख ७६ हजार १ सय रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको अषाड मसान्त सम्ममा २ हजार सेयर सदस्यको लक्ष्य लिएको संस्थाले १७४० सदस्य संख्या पु¥याउन सफल भएको जनाएको छ ।
यसैबीच संस्थाले मदनबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा देव कुमारी बुढा, सचिवमा ओम जंग रोकाय, कोषाध्यक्षमा मुक्ति वहादुर गुरुङ,सदस्यहरुमा दीपेन्द्र वहादुर खड्का, ऋषि प्रसाद शर्मा र शेर सिंह रोकाय रहेका छन । संस्थाको ३ सदस्यीय नयाँ लेखा समिति संयोजकमा खगेन्द्र रिमाल, सदस्यमा पृथ्वी बहादुर खड्का र रक्षा रोकाय रहेका छन ।

तपाईको प्रतिक्रिया