दुई करोडको लगानीमा खुल्यो साबुन उद्योग

 

सल्यान : सल्यानमा दुई करोड बढीको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय ६ जना युवाको लगानीमा ग्लोबल लाइफ पिआर साबुन उद्योग सञ्चालनमा आएको हो ।

साबुनको बजारको सम्भावना राम्रो भएकाले शारदा नगरपालिका–१ भगवतीमा खोलामा दुई करोड ६८ लाखको लागतमा साबुन उद्योग सञ्चालन गरेको प्रकाश बुढाथोकीले बताए । आफ्नो सीप र क्षामता हुँदाहुँदै पनि बेरोजगारीका कारण नेपाली विदेश गइरहेको अवस्थामा स्वदेशमै बसेर केही गर्नुपर्छ भनेर सामूहिक लगानीमा साबुन उद्योग सञ्चालन गरिएको बुढाथोकीको भनाइ छ ।


उनले भने ‘धेरै जोखिम हुँदाहुँदै पनि उद्योग सञ्चालनमा ल्याएका छौँ ।’ दैनिक तीन हजार पिस साबुन उत्पादन गर्न सकिने रामबहादुर बुढाथोकीले बताए। बजारको माग र कच्चा पदार्थको अभावका कारण अहिले दैनिक पाँच सय काटुन साबुन उत्पादन भइरहेको बुढाथोकीको भनाइ छ। उनले भने, ‘नयाँ कम्पनी भएकाले बजारमा विश्वास दिलाउन गाह्रो भइरहेको छ ।

त्यसकारण मेशिनको क्षमता अनुसार भन्दा ग्राहकको माग अनुसार साबुन उत्पादन गर्दै आइरहेका छौँ ।’ बजारमा बाहिरका साबुनभन्दा गुणस्तरीय र सस्तोमा साबुन बजार पठाइरहेको उनको भनाइ छ । दैनिक आवश्यक पर्ने साबुनबाट मात्रै दैनिक करोडौँ रुपैयाँ सल्यानबाट बाहिरिरहेको बताउँदै बुढाथोकीले साबुनबाट बाहिरिएको पैसालाई मात्र रोक्न सके सल्यान आर्थिक रूपमा सवल बन्ने बताए ।

दिनप्रतिदिन युवा रोजगारीका लागि युवा विदेश पलायन भइरहेको समयमा स्वेदशमै स्वरोजगार बन्न सकिने संचालक मध्येका अर्का इन्द्रबहादुर बुढाथोकीले बताए । विदेशमा गएर जस्तो पनि काम गर्न तयार हुने स्वेदशमा ठूलो काम खोज्ने सस्ंकारका कारण नेपाल पछि परेको उनको भनाइ छ । सानो लगानीबाट पनि स्वरोजगार भइ स्वदेशमै बस्न सकिने उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार