अब जुम्लामै डाक्टर पढाइ हुने

सुर्खेत : जुम्लामा आगामी शैक्षिक सत्रदेखि एमबीबीएस र एमडिएमएस (स्नातकोत्तर) पढाई हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को सातौं सिनेट (सभा) ले जुम्लामा एमबीबीएस र एमडीएमएसको अध्ययन सुरु गर्ने बाटो खोलेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले दिएको जानकारी अनुसार आगामी शैक्षिक शत्रबाट एमबीबीएस, एमडीएमएस जनरल, एमएस अर्थोपेडिक्स, एमडी ईन एनेस्थीयोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोकोलोजी, एमएसी ईपीडीमीयोलोजी, व्याचलर न्यूट्रेसन र फारमेसीका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।


‘सिनेटले आगामी शैक्षिक शत्रदेखि एमविविएस र एमडीजीपी अध्ययन गरेको निर्णय गरेको छ’ डा.थापाले टेलिफोनमार्फत भने ‘अध्ययनका लागि प्रतिष्ठानमा भौतिक संरचना र जनशक्ति प्रर्याप्त तर कार्यक्रम लागु गर्न मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले स्विकृत दिनुपर्छ ।’ सभाले पारित गरेका कार्यक्रम लागु गर्न प्रतिष्ठानसँग पर्याप्त भौतिक संरचना र जनशक्ती भएको बताउँदै डा. थापाले स्वीकृत लिएर आगामी शैक्षिक शत्रबाट अध्ययन÷अध्यापन गराउन सकिने जिकिर गरे ।

कार्यक्रम लागू भए कर्णालीको स्वास्थ्य क्षेत्रमा ठूलो फट्को मार्ने अपेक्षा गरिएको छ ।यस्तै सिनेटले प्रतिष्ठानको सेवा क्षेत्र कर्णाली प्रदेशका दश वटै जिल्ला र सुदुरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा समेत विस्तार गर्ने निर्णय गरेको छ । अहिले प्रतिस्ठानले सुर्खेतस्थित प्रदेश अस्पताल र कालिकोटमा सेवा दिँदै आएको छ ।
स्वास्थ्य जनसंख्यामन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न सिनेटले विभिन्न १२ वटा निर्णयहरु पारित गरेको छ ।
प्रतिष्ठानको सिनेट सोमवार काठमाडौंमा बसेको हो । प्रतिष्ठानले स्टाफ नर्स, एचए, व्याचलर मिडवाफ्री, विपिएच लगायतका पाँचवटा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार