सुर्खेत, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको विसी ग्रुपले सामाजिक सुरक्षा कोषबारे सोमबार अभिमुखिकरण लिएको छ ।
विसी ग्रुपको भगिनि सस्था भवानि छापाखाना, युगआव्हान राष्टिय दैनिक, सुर्खेत साउना स्टिम केन्द र गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि मा कार्यरत कर्मचारीहरूले सामाजिक सुरक्षा कोषका सूचना तथा प्रविधि अधिकृत भक्त थापा मगरले अभिमुखिकरण लिएका हुन् ।
उनले ग्रुपका अध्यक्ष हिमकुमारी उपाध्याय, ग्रुपका निर्देशक तथा युगआव्हान राष्ट्रिय दैनिकका प्रकाशक, सम्पादक दिपक बुढा तथा सम्पुर्ण कर्मचारीहरु संग अन्तरक्रिया गदै सामाजिक सुरक्षा कोषमा आवद्वता हु्ँदा हुने फाईदाका बारेमा जानकारी दिएका थिए । सामाजिक कोषमा सहभागी हुँदा कोषले विभिन्न चार प्रकारका सेवा सुविधा दिने बताए ।
श्रमिकको सुरक्षाका लागि सरकारले ल्याएको सुरक्षा कोषमा ८ हजार ५ सय तलब खाने निजामति कर्मचारी र सेनाप्रहरी बाहेक अन्य सबै श्रमिकहरु सहभागी हुन सक्नेछन् । कोषमा सहभागी हुँदा आफ्नो तलवको ११ प्रतिशत श्रमिक र २० प्रशित रोजगारदाता गरी मासिक रुपमा ३१ रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।
तीन महिना निरन्तर कोषमा सहभागी भएपछि श्रमिकले कोषबाट विभिन्न चार प्रकारका सेवा सुविधा पाउने छ । जसमा दुर्घटना हुँदा २५ हजार औषधि, शिशु स्याहारका लागि एक लाखसम्म रकम पाइने छ । त्यस्तै अफिसको समयमा दुर्घटना भएको खण्डमा लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्ने छ तर बाहेक दुर्घटना भएको खण्डमा बार्षिक ७ लाख मात्रै रकम कोषले व्यहोर्ने छ ।
श्रमिको मृत्यु भएको खण्डमा खाइपाइ आएको तलबको ६० प्रतिशत हकदारवालाले आजिवन पाउने सुविधा रहेको छ । त्यस्तै २१ वर्षसम्म छोराछोरीलाइ पढाउन सहयोग गर्नेछ । तर श्रमिकले ६० वर्षपछि पेन्सन पाउने छ । पेन्सन पाउनका लागि १५ वर्ष कोषमा सहभागी भएको हुनु पर्नेछ । ६० वर्ष पुगेपछि कोषमा जम्मा गरेको २८.३३ प्रतिशतलाई १ सय ८० भाग गरेर हुन आउने रकम पेन्सनका रुपमा पाउने छ ।
युग संवाददाता । । १८ मंसिर २०७६, बुधबार १४:४८