एसियन कराँते : नेपाली खेलाडीलाई दर्जनौं स्वर्णपदक

भारतमा भइरहेको एसियन कराँते च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ ।

भारतको गुजरातमा भइरहेको एसियन करातेम कुमुतेतर्फ आधा दर्जनभन्दा बढी स्वर्णपदक हात पार्न सफल भएका छन् भने कातामा ४ जना नेपाली खेलाडीले दोहोरो स्वर्णपदक हात पारेका छन् ।

स्वर्णपदक हात पार्नमा अनमोल शिवाकोटी , भुवन कट्टेल, एमडी अमन, किशोर कोइराला, महेश यादव, विवेक थापाले महत्वपूर्ण योगदान दिएका थिए । यस्तै, कातामा भुवन कट्टेल, महेश यादव, एमडी अमन र विवेक थापाले दोहोरो स्वर्णपदक हात पारेको निर्णायक तथा कराते प्रशिक्षक वीरेन्द्र कर्णले जानकारी दिएका छन् ।

नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको सो प्रतियोगिताका रेफ्री कमिस्नर तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया