चितवन बन्यो पीपीएलको च्याम्पियन

 

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ ।  पोखरा क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।

जितका लागि २ सय ३ रनको ठूलो लक्ष्य पछ्याएको विराटनगरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद जैद आलमले सर्वा्धिक ५७ रन बनाए । त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । चितवनका अनिल कुमार शाह र रोहन मस्तफाले ५०र५० रनको योगदान गरे ।

ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३.२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए । पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको चौथो बलमा मोहम्मद जैदले बाबर हायतलाई ५ रनमा बोल्ड गरे । विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ र किशोर महतोले १ विकेट लिए ।

उपाधि जितेसँगै चितवनले २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता सीमित बनेको विराटनगरले १० लाख पाएको छ । पहिलो संस्करणको लिगमा चितवन उपविजेतामा सीमित भएको थियो । पीपीएलको गत संसकरणको उपविजेता समेत रहेको चितवनले लिग चरणका सबै खेल जित्दै फाइनलमा आफ्नो स्थान बनाएको थियो । पहिलो संस्करणको उपाधि घरेलु टोली पोखराले जितेको थियो ।

तपाईको प्रतिक्रिया