सिद्धार्थको पाँच करोड कारोवार

 

सुर्खेत : सिद्धार्थ सञ्चार सहकारीले झण्डै पाँच करोडको आर्थिक कारोवार गरेको छ । वीरेन्द्रनगरमा शनिवार आयोजित १२ औं साधारण सभामा संस्थाले एक वर्षमा पाँच करोड करोड २७ लाख ९२४ रुपैयाँको कारोवार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

आम्दानीको मुख्य स्रोत केवललाइनबाट दुई करोड ५० लाख १९ हजार ३४५ रुपैयाँ आम्दानी गरेको संस्थाका कोषाध्यक्ष झक्कडबहादुर पुलामी मगरले जानकारी दिए । उनकाअनुसार यो रकम लाइन जडान, बैंक ब्याज र सामान विक्रीको हो । संस्थाको शेयर पूँजी दुई करोड २४ लाख ७८ हजार रहेको कोषाध्यक्ष मगरले बताए । संस्थाले सुनगाभा टेलिभिजन, राष्ट्रिय सहकारी बैंक र जिल्ला सहकारी संघमा ३३ लाख तीन हजार शेयर लगानी गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । यस्तै संस्थाको खर्च दुई करोड ४३ लाख ५८ हजार ७१९ रुपैयाँ छ ।

तर संस्थाले गतवर्ष  पाँच लाख २घ हजार ३७ रुपैयाँ बचत गरेको कोषाध्यक्ष मगरको भनाई छ । संस्थाले चालू आर्थिक वर्षमा डिजिटल प्रणालीबाट सञ्चालन गर्ने भएकाले स्थिर र चालु लागत गरी तीन करोड २८ लाख एकहजार ४३ रुपैयाँ व्यवसायमा लाग्ने अनुमान गरेको छ । यो रकम स्थिरको एक करोड ९० लाख र चालूमा एक करोड ३८ लाख एक हजार ४३ रुपैयाँ होे । स्थिर लागततर्फ सबैभन्दा बढी डिजिटल हेडनको लागि प्रस्ताव गरिएको मगरले जनाए । चालू आर्थिक वर्ष संस्थाको व्यवसायबाट तीन करोड ९ लाख ४८ हजार ५१९ आम्दानी, दुई करोड ३ लाख ७३ हजार २०१ खर्च र खुद नाफा १२ लाख ६० हजार २५४ रुपैयाँ हुने लक्ष्य छ ।

सभामा संस्थाका अध्यक्ष दिलबहादुर रानामगरले संस्थागत आवद्धता, लगानी क्षेत्र, बाह्य सहभागिता र सम्बन्ध विस्तार, मर्मत सुधार तथा सेवा विस्तार लगायतका क्षेत्रमा गरिएको प्रगतिको विषयमा जानकारी गराएका थिए । नेपाल सरकारका उपसिचव आनन्द शारुले सिद्धार्थ सञ्चार सहकारीले आफै मिडिया सञ्चालन गरेर पिछडियका र सिमान्तकृत समुदायको आवाज बोलिरहेको भन्दै सामाजमा सबैभन्दा ठुलो योग्दान पु¥यायको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैकका सञ्चालक हरिहरनाथ योगीले सहकारीले बचत र रिण प्रदान गरेर सेवा प्रवाह गरिरहेका बेला सिद्धार्थ सञ्चार सहकारीले भने समाजमा फरक तरिकाले महŒवपुर्ण योगदान पु¥याएको बताए । मिडिया र सञ्चार क्षेत्र आफैँमा चुनौतिपुर्ण रहेको भन्दै उनले सहकारीहरु अव अलि फरक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले आफनो १२ औं वार्षिक साधारण सभाको अवसरमा एसइइ र प्लस टुमा सबैभन्दा बढि अंक ल्याएर उत्तीर्ण आठ जना शेयर सदस्यका छोराछोरीलाई नगद तथा प्रमण पत्र सहित सम्मान गरिएको थियो । सभामा उत्कृट काम गर्ने कर्मचारी र संस्थामा महत्वपुर्ण योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया