कर्णाली सरकारलाई खुलापत्र : स्वास्थ्य प्राविधिकको व्यथा

चरित्र उपाध्याय 
Health Asistant
कर्णाली प्रदेश

एउटा दुर्गम गाउँका गरीब परिवारका र किसानका छोराछोरी SLC/SEE उत्र्तीण गर्दछन् र माथिल्लो तह अध्ययन गर्नलाई सहरमा आउछन् ।

रंगीचंगी सहरमा विभिन्न किसिमका व्यक्ति र फरक–फरक सोचका व्यक्तिसँग भेट हुन्छ । अनि उसको माथील्लो तहमा के पढ्दो र कसरी छिटो छरीतो आम्दानी गर्ने भन्ने सोच्दछ अनि अन्त्यमा प्राविधिक शिक्षा पढ्नलाई छनौट गर्दछ त्यसपछि घरमा खबर पु¥याउछ “बुवा म प्राविधिक शिक्षा पढ्छु” यो एकदमै छिटो र छरीतो हुन्छ, त्यस पछि कमाउन तिर लागीहाल्छु, चिन्ता नगर्नु बुवा अव धेरै दुःख गर्नु पर्दैन जति दुःख जति संकट काटेर ऋण लोन गरेर मलाई पठाउनु होस, पढी सकेपछि म ऋण तिरीहाल्छु ।

त्यसैगरी अनेक किसिमले बुवालाई सम्झाउछ बुझाउछ, अनि बुवाले पनि छोराले भनेको कुराहरुलाई मन्न गर्दै हुन्छ । भन्नु हुन्छ र ऋण खोज्न गाउँमा संघसंस्था, गाउँले दाजुभाई, आफन्त आदिकोमा घाउनुहुन्छ र ऋणको जोखो पनि मिलाउनु हुन्छ । छोराले पनि प्रवेश परिक्षा पास गर्दछ ।

करिव तीन वर्षको कोर्ष पढ्छ तीन वर्षको कोर्षमा खान, बस्न, कलेजको शुल्क, आतेजाते आदि गरेर लगभग रु बाह्र लाख (१२,०००००) खर्च गरेर उसले संकटको बावजुत उक्त कोर्ष पास गर्दछ र बुबा आमालाई म पास भए भन्नेकुरा सुनाउछ बुवा आमा खुसीको उमंग सहित अब मेरो छोराले सरकारी सेवामा नाम निकाल्ला, अथवा व्यापार व्यवसाय गर्ला र केही आम्दानी गरेर गाउँले आफन्त र संघसंस्थाको ऋण तिर्ला भनेर सोच्दछन् ।

यहा छोरा भने आम्दानीको भाडो खोज्दै भौतारी रहेको हुन्छ र कामनै पाउन गाह्रो हुन्छ । पाएको खण्डमा करिब ८ (आठ) देखी १० (दश) घण्टा प्राईभेट हस्पीटलमा खटिएर पनि लगभग छ हजार भन्दा माथीको तलब पाउन गाह्रो हुन्छ । अझै छोरा भौतारी रहेको हुन्छ की उसको सपना नै सरकारी सेवामा नाम निकाल्ने र सेवा गर्ने हुन्छ । त्यसपछि फेरी उसले सरकारी सेवा तयारीको लागि फेरी पनि बुवालाई ऋण निकाल्न गुहार्छ । वुवाले पनि नडकमकाई सरकारी सेवाको आशा गर्दै ऋण निकाल्छन् ।

करिब ३ (तीन) महिनाको वसाईमा उसले लगभग एक लाख रुपैयाँ खर्च गर्दछ र राम्रोसँग लोक सेवा पनि तयारी गर्दछ । त्यसपछि सरकारी सेवाको लागि विभिन्न किसिमका सह–समचारको पछि लाग्दछ । संघिय सरकारको अन्योल्ताको कारणवस सरकारी सेवामा विज्ञापन नं. आउदैन अनि यता छोरालाई धेरै समस्या आई पर्छ भने उता वुवा, आमालाई साहुले हैरान पारेका हुन्छन् ।

त्यसपछि छोरा प्राईभेट, NGO, INGO, करार लगायतका सम्पूर्ण विज्ञापन हेर्दै ठाउ ठाउमा फारम भर्दै खर्च गर्दै हिडछ कतै पनि उत्तीर्ण हुन सक्दैन र उले सोच्दछ कि सरकारी सेवा वाहेक अरु सम्पूर्ण सेवा हामी गरिव, निमुखा छोराछोरीको लागि होइन किनकी त्यहाँ हरेक किसिमका घोटाला भएको हुन्छ । त्यस पछि यता छोरा तनाव ग्रस्त हुन्छ र उता वुवा आमा ऋणले तनाव ग्रस्त हुन्छन् तनाव ग्रस्त हुदै गर्दा उसले केही कतै पनि बाटो पाउदैन र आत्म हत्या गर्न समेत तयार हुन्छ ।

कर्णाली प्रदेश आदणीय सम्पूर्ण मन्त्रीज्यू

यो प्रसंग, सँगै मैले के भन्न चाहे भने नेपालका सम्पूर्ण प्रदेश मध्ये हाम्रो कर्णाली प्रदेशमा गरीब जनताको संख्या धेरै भएको विभिन्न पिछडिएका ठाउमा स्वास्थ्य समस्या एक दमै नाजुक छ ।

एउटा पारासिटामोल नपाएर छटपटाउदै मृत्यु भएको, राम्रा परिक्षण नपाएर प्रसुति महिलाको मृत्युदर धेरै भएको, विभिन्न सरुवा रोग, महामारी, नसर्ने रोग आदिले गर्दा अरु प्रदेशको तुलनामा मृत्युदर धेरै नै भएको, एउटा राम्रो स्वास्थ्य शिक्षाको कमिले बाल बिरामीदर र मृत्युदर पनि धेरै भएको, स्वास्थ्य शिक्षाकै कमिले औषधीसेवन, धुम्रपान, मद्यपान लगायतका विभिन्न लागुपर्दाथमा देशको युवायुवतीहरु रोगको वा मृत्युको शिकार भएको जस्को कारण विभिन्न किसिमका रोगहरु जस्तै  : फोक्सोको क्यान्सर Lunges cancer, मुखको क्यान्सर oral cancer, घाटीको क्यान्सर, Peptic Ulcer आदिले दिनप्रतिदिन मृत्युदर बढ्दै गएको र दिमाग सम्बन्धिको विभिन्न रोगहरु जस्तै : Depression, Schezophrenen, Mental Illness, Psychosis आदि रोगहरु समाजमा बढ्दै गईरहेको कुरा अवगत नै छ ।

यो समस्यालाई समाधान गर्न माननीय ज्यूहरुको निर्देशनका (Guideline) को कमी र दक्ष स्वास्थ्य जनशक्तिको वेरोजगारीले नै गर्दा हो । दक्ष जनशक्ति प्रशस्त छन तर उनिहरुलाई अनुमति छैनकी व्यापार व्यवसाय गरेर स्वास्थ्य सुविधा दिनलाई । जसले व्यापार व्यवसाय गर्न पाउछन् (Pharmacy) (फार्मेसी) त्यो जनशक्तिको धेरै नै उत्पादन कम छ ।

अन्त्यमा के भन्न चाहे भने

माननिय मन्त्री ज्यू यो सम्पूर्ण समस्यालाई समाधान गर्न स्वास्थ्य जिवन, सफा वातावरण र स्वास्थ्य प्रदेश बनाउन प्रदेश सरकारले एउटा आफनै किसिमको स्वास्थ्य निर्देशिका बनाई गाउँगाउँ र बस्ती बस्तीमा छरिएर रहेका बेरोजगारी स्वास्थ्य दक्ष प्राविधिक युवालाई आफ्नै प्रादेशिक निर्देशिकाद्वारा व्यापार व्यवसाय गर्न अनुमति दिएर होस वा सरकारी सेवा गर्न दिएर होस युवालाई रोजगारको अवसर दिएमा पक्कै पनि स्वास्थ्य जिवन, सफा वातावरण र रोगमुक्त प्रदेश बनाउन सकिन्छ भन्नेमा आश्वस्त छु ।

धन्यवाद 

तपाईको प्रतिक्रिया