घोडाको लात्तीका कारण वालकको मृत्यु

 

सल्यान : सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ कैंन्डाँडा निवासी प्रकाश वुढाको ९ बर्षिय छोरा राजु बुढालाइ घोडाले लात्तिले हान्दा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उपचारको क्रममा सुर्खेत मेहलकुना अस्पतालमा वालकको मृत्यु भएको बाबू प्रकाश बुढाले जनाए । छिमेकीले पालेको घोडाले लात्तीले पेटमा हानेको पछि उपचारको लागि सुर्खेत मेहलकुना अस्पताल लगिएको थियोे ।

बालक उज्ज्वल वोर्डिङ स्कुल सल्लिवजारमा कक्षा ३ मा अध्यानरत थिए । शुक्रबार खेलिरहेकाे समयमा  घोडाले वालकलाइ  लात्तिले हानेको थियो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!