जागिर सँगसँगै सिजनमै ३० लाखको सुन्तला

सल्यान : ढल्किँदो उमेर, नरम व्यवहार, हाँसिलो चेहरा, बढ्दो जोस जाँगर । सबै छक्क पर्छन्, उनको कर्मप्रतिको मिहिनेत र जाँगर देखेर। समाजमा केही यस्ता व्यक्ति पनि छन् जो सरकारी जागिरसँगै अन्य काममा पनि आफ्नो ऊर्जा खर्चिरहेका छन् ।

यसको एक उदाहरण हुन् बागचौर नगरपालिका ८ का भरतनाथ योगी । पेशाले उनी स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य चौकी कोटमौलामा अहेव पदमा लामो समय सेवा गरेका योगी अहिले चाँदे पुगेका छन् । उनी बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घण्टा र साँझ ५ बजेदेखि ७ बजेसम्म उनी सुन्तलाबारीमै रमाउँछन् ५४ वर्षीय योगी । २०३८ सालदेखि सुन्तला खेती गर्दै आइरहेका योगीले ४८ रोपनीमा व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् ।

सुरुमा घरमा खानका लागि मात्र दुईरतीन बोट लगाएका योगीले ९ सय सुन्तलाका बोट लगाएका छन् । सुन्‍ताले खेतीमा रमाए किसान विगतमा खाद्यन्नबालीमा सीमित डाँगीगाउँ अहिले नगदेबालीमा धेरी अघि पुगेको छ । कोटमौला अहिले सुन्तला पाकेर पहेँलपुर भएको छ । उनीको सिको गरेर अहिले कोटमौलाका अधिकांश किसानले सुन्तला खेती गर्दै आइरहेका छन् । व्यवसायिक सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका सफल कृषक योगीले १५ जनालाई रोजगारीसमेत दिएका छन् । सुन्तला टिप्नेदेखि गोडमेल गर्नेसम्म झन्डै तीन महिना उनले १५ जनालाई रोजगारी समेत दिदै आइरहेका छन् ।

एकै सिजनमा ३० लाखको आम्दानी व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका योगीले वार्षिक ३० लाख आम्दानी गर्दै आइरहेका छन् । यो वर्ष मात्रै ६ सयदेखि ७ सय क्विन्टलसम्म सुन्तला उत्पादन हुने अनुमान रहेको उनको भनाइ छ । उत्पादित सुन्तला विक्री वितरणमा केही समस्या नभएको उनको भनाइ छ । सुन्तला टिप्ने सिजन भएकाले हिजोआज एकछिन फुर्सद नहुने उनले बताए । घरबाटै ६० देखि ६५ रुपैयाँ किलोसम्म सुन्तला बिक्री भइ रहेको उनको भनाई छ ।

खरिदकर्ताहरू बगैँचासम्म आउने भएकाले सुन्तला बिक्री गर्न बाहिर जान नपरेको उनको भनाइ छ । सुन्तला खेतीले जागिर छोडेपछि बाचुन्जेलका लागि रोजगारी मिलेको उनले बताए । व्यावसायिक सुन्तला खेतीमा लागेपछि छोराछोरीलाई रोजगारीका लागि विदेसिन नपरेकोमा खुसी लागेको बताए। उनले आफूले मात्र नभएर साबिकको कोटमौला गाविसका धेरैले सुन्तला खेती गर्दै आएको र कोटमौला सुन्तला उत्पादनको लागि प्रख्यात भएको बताए ।

सल्यानमा उत्पादित सुन्तला दाङ, नेपालगञ्ज, बुटवल कैलालीसम्म जाने गर्दछ। कोटमौलाबाट मात्र यो वर्ष १४ करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । विभिन्न पुरस्कारबाट सम्मानित सुन्तला व्यवसायमा राम्रो गरेपछि उनी विभिन्न किसिमका पुरस्कार समेत पुरस्कृत भइ सकेका छन् । जिल्लामा आयोजना गरिने कृषि प्रर्दशनी मेलामा प्रथम, द्वितीय पुरस्कारबाट पुरस्कृत भएका छन् ।
जिल्ला र क्षेत्रस्तरबाट राष्ट्रपति कृषक पुरस्कारमा छनोट भई राष्ट्रियस्तरका २५ जना कृषकमा सफल भइसकेका छन् । पुरस्कारले अझै जिम्मेवारी थपेको र स्वयं सुन्तला खेतीमा लाग्न प्रेरणा मिलेको अनुभव सुनाए ।

तपाईको प्रतिक्रिया