जन्मिएलगत्तै शिशुको बैंक खाता

जुम्ला : जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ ।

बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले तीन हजार र अभिभावकले तीन हजार गरी एकैपटक ६ हजार रुपैयाँ जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पु‍¥याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुवात गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।
स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले तीन हजार रुपैयाँ बच्चाको नाममा जम्मा गरिदिने गरेको छ । बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् ।

भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताए ।
बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रमको शुरुआत गरिएको बोहोराले बताए ।

तपाईको प्रतिक्रिया