कानून निर्माण र कर्मचारी अभावले विकास सुस्त : मन्त्री रावल

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अनिवार्य कानून बनाउनु पर्ने र कर्मचारी व्यवस्थापन गर्दा विकास सुस्त भएको बताएका छन् ।

सञ्चार क्लवले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा रावलले सुरुका दिनमा योजनाहरु व्यावस्थित गर्नु पर्ने भएकाले पनि विकासमा केही सुस्तता भएको बताएका हुन् । सरकारले विकास निर्माणको काममा ढिला गरेको भन्ने आलोचना रावलले स्वीकार गरे ।

उनले अन्य प्रदेशको हकमा कर्णालीमा धेरै बिकास भएको दावी गरे । ‘बाहिर नदेखिए पनि विकास आशा लाग्दो तरिकाले भइरहेको छ’ रावलले भने । प्रदेश राजधानीका सडक एक वर्षमै चिल्ला हुने रावलले बताए । कर्णालीमा व्यवस्थित वर्थीङ सेन्टर नहुँदा हेलिकोप्टरबाट उद्धार गर्नु परेको रावलको भनाई थियो ।

उनले स्थानीय स्तरमै वर्थीङ सेन्टर व्यवस्थित गर्न सरकार प्रभावकारी रुपमा लागिरहेको बताए । राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शोसिला शाहीले गाउँको विकास निर्माण बारेमा योजना दिन्छौ भन्ने तर सानो दललाई सरकारले हेला गरेको बताईन् ।

विकास निर्माणको लागी योजना माग्न जाँदा हुन्छ भन्ने तर योजना नपार्ने विभेद सरकारबाट भएको उनको भनाई छ । कर्णालीमा प्रतिपक्ष र सत्ता पक्षभन्दा पनि सबैले कर्णालीको विकासमा एक हुन आवश्यक रहेको औंल्याइन् । प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले प्रतिपक्षले सरकारको आलाचना गर्दा सकरात्मक भुमिका खेलेको जानकारी दिए ।

प्रतिपक्ष दलकोतर्फबाट पहिला सुर्खेतलाई बनाउ पछि हामी अन्त बनाउला भन्दा सुनुवाई नगरेको बताए । कर्णालीको विकास निर्माणको लागी आफू कहिल्यै पनि बाधक नहुने श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया