प्रदेशका योजनामा समन्वय हुनुपर्छ : भुपेन्द्रबहादुर चन्द

भुपेन्द्रबहादुर चन्द
(नगर प्रमुख, भेरीगंगा नगरपालिका, सुर्खेत)
भेरीगंगा नगरपालिका क्षेत्रफलको हिसाबले सुर्खेतको तेस्रो ठूलो नगरपालिका हो । सुर्खेतको पूर्व पश्चिम राजमार्गसम्म जोड्ने रत्न राजमार्गको अधिकांश सडकखण्ड र सुर्खेत जाजरकोट सडक पनि यसै नगरपालिका हुँदै गएकाले दु्रत आर्थिक विकासको प्रवल सम्भावना छ । खेतीयोग्य जमीन भए पनि सिँचाइ अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरीका अतिरिक्त अन्य बैकल्पिक रोजगारीका अवसरहरु खोजी गरिरहेका छन् । १३ वटा वडा रहेको यस नगरपालिकाले सबै क्षेत्रमा तीब्र विकासको अवधारणा लिएको छ । यसैबीच हामीले नगरको आगामी योजना र हालसम्मको प्रगतीबारे नगर प्रमुख भुपेन्द्रबहादुर चन्दसँग कुराकानी गरेका छौं ।

हिजोआज के काममा व्यस्त हुनुहुन्छ, ?

हनगरपालिकाको कामका हिसाबले त सधैँ व्यस्त हुनुपर्छ । तर हिजोआज नयाँ उपभोक्ता समिति गठन गर्ने, सम्पन्न भएका योजनाको अनुगमन गर्ने, जनतासँग भेटघाट, छलफल गर्ने, प्राविधिक टोली खटाएर नयाँ योजनाको सर्भे र मुल्यांकनको काम भइरहेको छ ।

नगरसभाबाट पारित योजनाहरु कार्यान्वयनमा ल्याउने लगायतका विषयमा छलफल गर्दै नगरपालिकाको काममा व्यस्त छु । नगरपालिकाको कामसँगै कहिलेकाँही अन्य कामको लागि जिल्लाभित्र र जिल्ला बाहिर जाने, छलफल, गोष्ठिमा सहभागी हुने, नगर विकासका लागि अन्य निकायसँग पनि पहल गर्ने काम भइरहेको छ ।

नगरपालिकाद्वारा सञ्चालित योजनाहरु समयमै सम्पन्न गर्न कत्तिको चुनौती हुन्छ ?

गत वर्षका योजना त सबै सम्पन्न भइसके । चालू आर्थिक वर्षका योजना सञ्चालित छन् । साना योजनाहरु समयमै सम्पन हुन्छन् । कुनै कुनै ठुला योजनाहरु भने समयमै सम्पन्न गर्न चुनौती हुन्छ । अहिलेसम्म विकासे गतिविधिमा निरास हुनुपर्ने अवस्था छैन ।

गर्न सकेजति गरेका छांै । तर अझै गर्नुपर्ने काम नभएको महशुस हुन्छ । बजेटको कमिले पनि समस्या छ ।
एकै पटक सम्पन्न गर्न नसकिने योजनाहरु क्रमागत योजनाको रुपमा सञ्चालन गर्नुपरेको छ । समयमै टेण्डरमा गएर सञ्चालन गर्नुपर्ने ठूला आयोजनाहरुको काम थाल्न प्रक्रियागत ढिलाइका कारण अलि समस्या हुनेगर्छ ।
अझैँ प्रशासनिक संरचना पूर्ण छैन । कर्मचारी पनि अपुग छन् । प्राविधिक तथा प्रशासनिक कर्मचारी आवश्यकता अनुसार नहुदाँ पनि समयमै काम गर्न चुनौती छ ।

नगरपालिकाको भौतिक संरचनाको अवस्था के छ ?

हजबसम्म नगरपालिकाको सबै वडाको भवन बन्दैनन्, तबसम्म हामी भौतिक पुर्वाधारको सहज पहुँजमा पुग्दैनांै ।
तर अहिले जस्तो भए पनि सबै वडा कार्यालयको आफ्नो घर छ ।

कतिपयले भवन अपुग हुँदा भाडाकै घरमा संचालन हुनु परेको छ । त्यसको लागि अब छिट्टै सबै वडा कार्यालय बनाउने तयारीमा छौं । केहि वडा कार्यालय निमार्णाधिन छन् । तर धेरैको बनाउने तयारीमा छाैँ ।

तपाइँ निर्वाचित हुनुपूर्व र अहिलेको नगरपालिकालाई कसरी तुलना गर्नुहुन्छ ?

धेरै परिवर्तन भएको देख्छु । यहाँ विकासे गतिविधिमा मात्रै परिवर्तन आएको छैन । पहिलेको तुलनामा हाल यहाँका जनताको क्षमता विकास तथा सकारात्मक सोचाईमासमेत परिवर्तन आएको छ । सोहीअनुसार ऐन कानून तथा नीति निर्माण गर्दै अघि बढेका छौं ।

भौतिक पूर्वाधारका क्षेत्रमा सबै वडासम्म सडक पु¥याएका छौं । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि आवश्यक भौतिक संरचना निर्माणमा जोड दिएका छांै । खानेपानीको अवस्था सुध्रिएको छ । यस बर्षबाट गरीब घर परिवारलाई कर्कट पाता वितरण गर्ने योजना बनाएका छाै‌ ।

जसका लागि कार्यविधि तयार हुदैछ, भने विपन्न घरधुरी सर्वेक्षण गर्दैछौं । छोरी जन्मिएमा खाता खोलेर तीन हजार रुपैयाँ जम्मा गरीदिने गरी कार्यविधि बनाउँदैछौं ।

यस्तै दुर्गमका गाउँहरुमा जान सहजताका लागि पाँचवटा झोलुङ्गे पुल बनाएका छौं । शहर उज्यालो कार्यक्रम अन्र्तगत छिन्चु, रामघाट लगायतका स्थानमा सौर्यउर्जा जडान गरिरहेका छौं । मैनतडामा रंगशाला निर्माण गरिरहेका छौं । भने छिन्चुमा वसपार्क बनाउने योजनामा छौं ।

काम गर्दा जनप्रतिनिधि र कर्मचारीबिच कत्तिको मनमुटाव हुन्छ ?

यस कुरामा कहिलेकाँही मनमुटाव पनि हुन्छ । भने कहिले सारै मिलेर पनि बस्छौं । तर विकासका हिसाबले राजनीति पुर्वाग्रह भन्दा माथी उठेर काम गर्ने प्रयास गरेका छांंै ।

यो सबैले अनुभव गरेका पनि होलान् । कर्मचारी र जनप्रतिनिधि विकासमा साझा छौं, यो रहिरहने छ । तर कानून बनाँउदा केही विशेषज्ञको अभावले समस्या भएको छ ।

नगरपालिका कृषि तथा मासुजन्य क्षेत्रमा आत्मनिर्भर छ या छैन ?

हामी कृषि तथा मासुजन्य क्षेत्रमा पूर्ण आत्मनिर्भर त छैनांै। तर आत्मनिर्भर बन्ने बाटोमा छांै । सोहीअनुसार आवश्यक कृषिका कार्यक्रम गर्दैछौं ।

अहिले पनि सेतो चामल आयात हुन्छ । यहाँ सम्भावना धेरै भए पनि कृषिमा खासै उपलब्धि हुन सकेको छैन । खण्डिकृत जग्गाका कारण यहाँका नागरिकले जीवन निर्वाहको लागि मात्रै खेती प्रणाली अपनाएका छन् ।

थोरै थोरै खण्डिकृत जग्गामा निर्वाहमुखी खेती पद्धतिभन्दा पकेट क्षेत्रको रुपमा व्यवसायिक खेती प्रणाली अपनाउन जरुरी छ । यसका लागि नगरपालिकाले पनि आवश्यक नीति तथा कार्यक्रमको अवधारणा लिएको छ ।
सो अनुसार अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा कसरी काम भइरहेको छ ?

हामीसँग भएका स्वास्थ्य संस्थालाई व्यवस्थापन गर्दैछांै । प्रभावकारी स्वास्थ्य सेवा नपुगेको ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ ।

स्वास्थ्य चौकीमा आवश्यक दरबन्दी र औषधी उपकरणको व्यवस्थापन गर्ने जस्ता काम जारी छन् । भने शिक्षाका क्षेत्रमा विद्यालय मर्जगरी विद्यार्थी अनुपात अनुसार शिक्षक दरबन्दी पुर्ती गर्ने तयारीमा छांै ।

गुणस्तरीय शिक्षाको कुरा गरे पनि विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न पाएका छैनन्, यो यथार्थ अवस्था हो । एउटै शिक्षकले धेरै विषय पढाउनुपर्दा गुणस्तर पनि निस्कदैन । त्यसैले शिक्षाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ ।

नगरपालिकाको आम्दानीको स्रोत के हो ?

अहिले देशभरका स्थानीय तह राजस्व असुलीमा एकदम कमजोर पनि छन् ।
यो समस्याको विषय पनि हो । हाम्रो भूगोल भनेको पहाडी भूगोल हो ।

पहाडी भूगोलमा जति मेहनत गरे पनि आन्तरीक राजस्व बढाउन चुनौती छ । अहिले हामीले बालुवा, गिट्टी, काठ लगायत मालपोतको क्षेत्रबाट मात्रै राजस्व संकलन गर्न सकेका छांै ।

त्यसैले अब आन्तरीक राजस्व वृद्धि गर्न नगरपालिकामा छलफल, बहस भइरहेको छ । यसका लागि स्रोतको पहिचान हुँदैछ । त्यसैले भविष्यमा आन्तरीक राजस्वको स्रोत बढ्दै जाने अपेक्षा गरेका छौं ।

नगरपालिकाभित्र प्रदेश सरकारका योजना सञ्चालन गर्दा कत्तिको समन्वय हुन्छ ?
हयसमा सबैभन्दा ठुलो समस्या छ । प्रदेश सरकारका अधिकांश योजना नगरपालिकाभित्र सञ्चालन गर्दा समन्वय हुदैनन् ।

कुनै एक व्यक्ति र समूह विशेष प्रदेश सरकारका कार्यक्रम सञ्चालन भइरहेका हुन्छन् । प्रदेश सरकारका कार्यक्रम नगरपालिका भित्र सञ्चालन गर्दा समन्वय हुनुपर्ने हो ।

तर अधिकांश हाम्रै योजनामा प्रदेश सरकारको बजेट कसरी ल्याउछन् र सम्पन्न गर्छन् भन्ने पनि थाहाँ हुन्न । यस्तो डुव्लीकेशन हटाउन जरुरी छ । यो समस्या धेरैजसो स्थानीय तहमा होला पनि ।

आम नागरिकबाट जनप्रतिनिधिको अपेक्षा के हो ?

जनप्रतिनिधि आफै एक्लैले केही गर्न सक्दैनन् । यसका लागि सबै नागरिकको साथ चाहिन्छ । नागरिकले हरेक काममा साथ दिनुपर्छ ।

सधँै कुरा काटेर मात्रै हुँदैन । बिग्रीएको ठाँउमा सच्याउने मौका दिनुपर्छ भने राम्रो भएको बेला प्रोत्साहन पनि गर्नुपर्छ । आम नागरिक र जनप्रतिनिधिकोबिच नङ मासुको सम्बन्ध कायम राख्यौ भने मात्रै समृद्ध नगर निर्माणका जोड पुग्छ ।

त्यसैले नागरिकबाट जनप्रतिनिधिले सधँै रचनात्मक सुझाव, सल्लाह र सहकार्यको अपेक्षा गर्दछन् ।

अन्तमा, अब तपाइँको बाँकी कार्यकालमा गर्नैपर्ने योजना के–के छन् ?

अबको बाँकी कार्यकालमा गर्नुपर्ने काम त धेरै छन् । तर विस्तारै सबै क्षेत्रका समस्या सकेसम्म समाधान गर्ने प्रयासमा छौं ।

टोल टोलमा एम्बुलेन्स पु¥याउने, वडाका कच्चि सडकलाई पक्कि बनाउने, शिक्षा, स्वास्थ्य सेवामा गुणस्तर ल्याउने, कृषिमा आत्मनिर्भर बनाउने, पर्यटन विकासका लागि भ्यू टावर लगायतका पूर्वाधार निर्माण गर्ने, दलित संग्राहलय निर्माण गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रसँगै नगरपालिकामा अपुग भौतिक संरचना बनाउने लगाएतका काममा जोड दिनेछु ।

सबैभन्दा ठूलो समस्या भनेको गर्नुपर्ने काम अनुसार प्रयाप्त बजेट नहुदाँ अप्ठ्यारो परेको हो । प्रयाप्त बजेट भएको भए नगरपालिका समृद्ध बनाउन धेरै समय लाग्ने थिएन । तर अबको मेरो बाँकी कार्यकालभित्रै समृद्ध नगर बनाउने गरी काममा जोड दिएको छु ।

तपाईको प्रतिक्रिया