नेकपा सचिवालय बैठकको निष्कर्षः उपनिर्वाचन घात भएको छैन

काठमाडौं । नेकपा सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक भर्खरै सकिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने उनले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक मंसिर २३ गते बस्नेछ । आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ । आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ । आजको सचिवालय बैठकमा ६ जना सदस्य उपस्थित थिए । प्रधानमन्त्री ओली उपचारका क्रममा छन् भने सचिवालय सदस्य झलनाथ खनाल र ईश्वर पोखरेल पार्टी कामको शिलशिलामा इलाममा छन् ।

तपाईको प्रतिक्रिया