लोकसेवा पढ्नेहरुका आईक्यू मास्टर : तुलबहादुर खड्का

तुलबहादुर खड्का
कानून अधिकृत, आन्तरिक मामिला तथा कानून मन्त्रालय

आईक्यू मास्टर १ अर्थात तुलबहादुर खड्का । लोकसेवा आयोगका पारखीहरु उनलाई आईक्यू मास्टर भन्छन् । सुर्खेतमा बसेर लोकसेवा आयोगको तयारी गर्ने र सरकारी सेवामा प्रवेश गरी आफ्नो भविष्य बनाउन चाहानेहरुको भिडले रोज्ने नाम हो तुलबहादुर खड्का । सरकारी सेवामा प्रवेशका लागि करियर बनाउँदै गरेका होस् या त नासु, खरिदारबाट आफूलाई अधिकृतमा बढुवा गर्न चाहनेका भीडमा उनी प्रिय छन् । हरेक वर्ष लोकसेवा आयोग र प्रहरी प्रशासनमा नयाँ विज्ञापन खुलेपछि निजामति सेवामा प्रवेश गर्न चाहनेहरु कि त उनलाई खोज्छन् कि त बजारमा उनले लेखेका पुस्तकहरु खोज्न थाल्छन् । पेशाले निजामती कर्मचारी भए पनि दश–पाँच बाहेक उनको व्यस्त समय तालिका छ ।
सुर्खेतका विभिन्न ट्यूसन सेन्टरहरुमा उनकै खोजी हुन्छ । वि.स. २०४६ साल मंसिर २२ गते साविकको दशेरा गाविस (हाल छेडागाड नगरपालिका वडा नं. ३ थाल्मा, जाजरकोट) मा जन्मिएका खड्का कर्णाली प्रदेशको आन्तिरक मामिला तथा कानून मन्त्रालयमा कानून अधिकृत पदमा कार्यरत छन् । आमा अमृता र बुवा अम्मर खड्काबाट पहिलो सन्तानका रुपमा जन्मिएका उनले निजामती सेवा र जीवन संघर्षका केही पाटाहरु यसरी साँटे ।

शिक्षा र बाल्यावस्था
हजाजरकोट जस्तो विकट क्षेत्रमा एउटा किसान परिवारमा मेरो जन्म भयो । कृषकले गर्ने अतिरिक्त काम गर्दै गाउँका डाँडाकाँडा र उकाली ओरालीमा मेरो बाल्यकाल बित्यो ।

गाउँकै लक्ष्मी निमाविबाट औपचारिको शिक्षाको सुरुवात गरेँ । जनप्रिय उच्चमावि दसेरबाट माविसम्मको अध्ययनपछि उच्च शिक्षाको लागि सुर्खेत झरेँ । ऊबेला म शिक्षक बन्ने सपना बोकेर सुर्खेत झरेको हुँ । जतिबेला गाउँमा अंग्रेजी, विज्ञान र गणित विषय पढाउने शिक्षकलाई उच्च सम्मान गरिन्थ्यो । मेरो सपना पनि शिक्षक बन्छु भन्ने थियो ।

शिक्षक बन्ने उद्देश्यले अंग्रेजी र अर्थशास्त्र विषय लिएर सुर्खेत क्याम्पस (शिक्षा) मा प्रविणता प्रमाणपत्र तह (कक्षा ११, १२) मा उच्च शिक्षा सुरु गरेँ। अंग्रेजी र कानूनमा स्नातक, राजनीतिकशास्त्र र द्वन्द व्यवस्थापनमा स्नातकोत्तर पुरा गरेको छु ।

निजामति सेवाको यात्रा
हसुरुमा म जाजरकोटबाट निजामति कर्मचारी नभई शिक्षक बन्ने सपना बोकेर सुर्खेत आएँ । तर शहरमा बसेपछि निजामति सेवामा सबैको आकर्षण र सम्मानित पेशा हो भन्ने बुझेँ ।

मैले निजामति सेवालाई निष्पक्ष परीक्षा हुने र समाज सम्मानित पेशाका रुपमा पाएँ । जसलेगर्दा उच्च शिक्षाकै दौरानमा
विशेषतः सुर्खेतको वातावरण र भिनाजु (मानबहादुर बुुढा) को प्रेरणाले शिक्षक बन्ने गन्तव्य परिवर्तन गरेर निजामति सेवाको यात्रा सुरु गरेँ । लोकसेवा आयोगको मध्यपश्चिम क्षेत्रिय कार्यालय सुर्खेतबाट २०६८ सालमा नायव सुब्बा पदमा सफल भएँ र जिल्ला प्रशासन कार्यालय बर्दियामा निजामति कर्मचारी बनेँ ।

करिव दुईवर्ष बर्दियाको बसाईपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सुरुवा भएँ । करिव पाँचवर्ष त्यहाँ बसेर सेवा गरेँ । २०७६ साल बैशाखमा शाखा अधिकृत (कानून) मा सफल भएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून अधिकृत र प्रवत्ताको जिम्मेवारीमा छु ।

निजामति सेवामा राजनीति नहोस्
हविश्वका अन्य देशहरुको तुलनामा नेपालका सबै निजामति कर्मचारीहरु सामाजिक सुरक्षाका दृष्टिकोणले कम सेवा सुविधा प्राप्त गर्ने कर्मचारीहरु हुन् ।

निजामति सेवाप्रति जनताको टुटेको भरोसा जगाउनको लागि राज्यले नै सामाजिक सुरक्षा (शिक्षा र स्वास्थ्य) को पाटोलाई बलियो बनाउनु आवश्यक छ । हरेक कर्मचारीले आफ्नो जीवनयापन गर्ने सक्ने तलव राज्यले दिनुपर्छ । विशेषगरी निजामति सेवामा पनि दुईवटा पक्ष राजनीति र प्रशासन ।

विशेषगरी मन्त्रालयहरुमा शक्ति पृथकिकरण र सन्तुलनको नियम लागु भएको छ । राजनीतिले ट्रयाक छोड्दै गर्दा कर्मचारीहरुले नियम विविध प्रक्रियामा अपनाएर रोक्नुपर्छ । जब कर्मचारीहरु त्यही अनुसार अघि बढ्न थाल्छन् फेरि
राजनीतिनिले त्यसैगरी कर्मचारीलाई कन्ट्रोल गर्नु आवश्यक छ ।

यसर्थ निजामति सेवामा हुने भ्रष्टाचार रोक्न कर्मचारी र राजनीति दुबैलाई चेक एण्ड ब्यालेन्समा राख्नु आवश्यक छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको नीति नियमहरु कडाइका साथ लागु गरिनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुमा पनि राजनीतिक नियुक्ती रोकिनुपर्छ । समग्रमा राज्यले शिक्षा, स्वास्थ्यमा लगानी बढाउन सक्यो र कर्मचारीको सामाजिक सुरक्षालाई बलियो बनाइयो भने निजामति सेवामा हुने भ्रष्टाचार नियन्त्रण हुन्छ ।

यो सँगसँगै निजामति सेवामा अहिले भइरहेको सरुवा बढुवा, दण्ड र पुरस्कार, बैदेशिक अध्ययन, अवसरको समग्र प्रर्णालीमा सुधार हुन आवश्यक छ । निजामति सेवाबाट प्राप्त हुने लाभ र अवसरहरुलाई समन्यायिक रुपमा वितरण गर्न सकियो भने यसका अझै प्रतिष्ठित पेशा बनाउन सकिन्छ ।

पहिलो तलबले कोठाको व्यवस्थापनमै ठिक्क भयो
हनिजामति सेवामा प्रवेश गरेपछि मेरो पहिलो तलव १२ हजार थियो । यसअघि मैले सुर्खेतकै केही बोर्डिङ स्कूलमा पढाउँथे तर जागिर खाएपछि पहिलो तलव कतिबेला आउला भनेर पर्खाइको विषय बन्यो ।

महिना पुगेपछि तलव आयो । त्यो तलव व्यक्तिगत प्रयोजनका लागि खर्च गरेँ । बर्दिया मेरो लागि पराई ठाउँ थियो । जसलेगर्दा त्यहाँ बसाइको सम्पूर्ण व्यवस्थापन गर्नुपथ्र्याे । त्यही तलवबाट कोठाको व्यवस्थापनदेखि व्यक्तिगत आवश्यकताहरु पुरा गरेँ ।

सरकारस‌गको अपेक्षा
हएक हिसावले हामी आफै पनि सरकार हो । तर कर्मचारीलाई राज्यले उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनुपर्छ । सक्षम, योग्य र राम्रो नतिजा दिन सक्ने कर्मचारीहरुलाई पुरस्कृत र अनियमित, अबान्छित र गैरकानूनी कार्यहरुमा तल्लिन हुनेहरुलाई दण्डित गरिनुपर्दछ । योग्यलाई पुरस्कृत, सम्मान र स्थान दिने वातावरण राज्यले बनाउन आवश्यक छ ।

अवकाशपछि लोकसेवा पारखीहरुको सारथी बन्ने योजना
हनिजामति सेवामा प्रवशे गरेको करिव आठ वर्षमात्रै भयो । मैले अझै पनि सरकारी सेवामा रहेर ३०/३५ वर्ष राष्ट्रका निम्ति सेवा गर्नुछ । यो अवधिमा आफ्नो मातहतबाट प्रवाह हुने सेवा सुविधाहरु नागरिकमैत्री बनाउने मेरो प्रयास हुनेछ । त

र निजामति सेवाबाट अवकासपछि मेरो रुची र योग्यताको क्षेत्र लोकसेवा पारखीहरुको सारथी बन्ने योजना छ । किनकी अहिले पनि मैले सुर्खेतका विभिन्न ट्यूसन सेन्टरहरुमा लोकसेवामा आफ्नो करियर बनाउँदै गरेका र निजामति सेवामा भविष्य खोज्नेहरुका लागि योग्यता र क्षमताले भ्याएसम्म गाइड गर्दै आएको छु ।

नेपाल सरकारको विभिन्न सरकारी सेवा प्रवेश गर्न चाहनेहरुका लागि १९÷२० वटा पुस्तकहरु बजारमा ल्याएको छु । यसअर्थमा अवकासपछि मेरो बाटो भनेको लोकसेवा पारखीहरुको सारथी बन्ने योजना छ ।

नयाँ पुस्तालाई हिम्मत नहार्न सुझाव
हम आफै पनि एउटा ठूलो संघर्षबाट यहाँसम्म आएको व्यक्ति हुँ । निरन्तरको संघर्ष, लगाव र निरन्तरता नै सफलताको शुत्रहरु हुन् । कुनै एउटा विषयमा मात्रै सक्षम भएर निजामति सेवामा सफल हुन सकिदैन् ।

तसर्थ नेपालको निष्पक्ष क्षमताको मूल्यांकन हुने यस्तो कुनै संस्था छ भने त्यो लोकसेवा आयोग नै हो । जहाँ हरेक व्यक्तिको शुद्धताको मापन हुन्छ । आगामी दिनदेखि शिक्षक सेवा आयोग र विश्वविद्यालयका सेवा आयोग बाहेक अन्य सबै प्रवेश गर्ने ढोका लोकसेवा आयोग बन्दैछ । तसर्थ यहाँ आउन चाहने आगामी पुस्ताले आफूलाई औषतमा ढाल्न जुरुरी छ ।

कुनै एउटा विषयमा सक्षम र अर्काे विषय कमजोर हुन वित्तिकै नजिता अर्काको पोल्टामा जान्छ । तसर्थ औषत रुपले समग्र विषयमा ज्ञान हाँसिल गर्न जरुरी छ । त्यसका लागि धैर्यता, निरन्तरता र लगानशिलता व्यक्तिहरुका लागि निजामति सेवकाको ढोका सधै खुल्ला हुन्छ ।

बोर्डिङ्ग पढाउँदै आयोगको तयारी गरेँ
हनिजामति सेवामा प्रवेश गर्नुभन्दा पहिले मेरो जीवन निकै संघर्षपूर्ण थियो । अहिले सम्झदा आफैलाई अनौठो लाग्छ । परिवारको मध्यम आर्थिक स्थितिका कारण ब्याजलरमा नियमति क्याम्पस गएर बढ्ने वातावरण थिएन ।

एउटा बोर्डिङ्ग स्कूलमा पढाउँदै आयोग र क्याम्पसको पढाई पुरा गर्नुपर्ने बाध्यता थियो । जसलेगर्दा मेरो दैनिकी निकै व्यस्थ थियो । बिहान पाँचदेखि नौं बजेसम्म अध्ययनमै व्यस्थ हुन्थेँ । एक घण्टाकोबीचमा खाना पकाउने, खाने र भाडाँ माझेर स्कूल पुगिसक्नु पथ्र्याे । स्कूलबाट फर्किएपछि राती १२ जबेसम्म अध्ययन गर्थेँ । यस्तो व्यस्तताकाबीच आफ्नै नियमित संघर्षका कारण निजामति सेवामा सफलता हात प¥यो ।

पहिलो पटक नाम निस्कदा खुशी
हनिजामति सेवामा प्रवेश गर्नेहरुका लागि जुनदिन लोकसेवा आयोगमा पास भइन्छ । त्यो दिन नै जीवनको सबैभन्दा सुखको क्षण हुन्छ । मलाईं पनि पहिलो पटक लोकसेवा आयोगमा नाम निस्कदाको क्षण नै जीवनको सबैभन्दा सुखद क्षण हो ।

एक हिसावलेभन्दा जीवनमा दुःखको क्षण छैन । तर हजुर बुवालाई गुमाउँदा उहाँको सत्कार्यमा जान नपाउँदा आफूलाई दुःख ठान्छु ।

तपाईको प्रतिक्रिया