होटल महासंघ कर्णालीको अध्यक्षमा शाही

सुर्खेत : नेपाल होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा तर्कबहादुर शाही चयन भएका छन् ।

महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनले शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा मानबहादुर ओली (सल्यान), उपाध्यक्ष अर्जुन हिराचन (डोल्पा), महिला उपाध्यक्ष रेवती रावल (जुम्ला), महासचिव कृष्णबहादुर शाही (कालिकोट), सचिव जनकसिंह ठकुरी (सुर्खेत) र कोषाध्यक्षमा मणिराम शर्मा (दैलेख) चयन भएका छन् ।


यस्तै सदस्यहरुमा जयबहादुर थापा (सुर्खेत), जमुना शाही (कालिकोट), रत्नबहादुर चन्द (दैलेख) र सुजन राना (सल्यान) छन् ।
महासंघको राष्ट्रिय अध्यक्षमा भनेहिराध्वज शाह अध्यक्षमा चयन भएका छन् । ७५ सदस्यीय कार्यसमितिमा अन्य सबैको टुंगो लागे पनि वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि मतदान गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा दिनेश चुके (चितवन) र शैलेश कार्की (काठमाडौं) को उम्मेदवारी परेपछि मतदान गरिएको हो । नयाँ नेतृत्व आज (आइतवार) सार्वजनिक गरिने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार