तुल्सी खत्री
वीरेन्द्रनगर, सुर्खेत
कविता
ए सातधारको नामर्द सूर्य
जस्तो आयो उस्तै अनुसार
लिएर आउँछस् घरीघरी
संसारलाई हातमा दिँदा किन
एक मुठ्ठी बादलसँग डराउँछस्
एक नामर्द सूर्य
सत्ताधारी बनी बहण्ड चलाउँछस् ? भने
इतिहासको पाना पल्टाएर हेर
युद्धले चपाएका अनुहार हेर
धोएपछि सफा भएको देख्छस् ? भने
बेतालमा बग्ने हावामा कति शब्द बगाउछस्
ए नामर्द सूर्य
उच्च शिर शान्तिको प्रतिक राज महलमा
दिनै पिच्छे सन्तान थप्दै जाँदा
कोख भरी लालन चाचन नहुँदा
सन्तान सन्तानमा रगतको कुलो छ
सहन ममताको छातीमा कत्रो भड्को छ
कती आफ्नै स्वार्थमा रमाउँछस्
ए नामर्द सूर्य
युग संवाददाता । । ५ पुष २०७६, शनिबार ०८:३७