बागलुङ्गको बालबाटिकामा २ सय भन्दा बढिसमुहको अवलोकन

दिनेश कुमार बुढा

बागलुङ्ग : बागलुङ्ग जिल्लाको बगलुङ नगरपालिका वडा नं. १० मा रहेको सेतो गुराँस बाल बाटिकामा हाल सम्म २ सय भन्दा बढी समुहले भ्रमण गरिसकेका छन् ।

२०५५ सालमा स्थापना भएको उक्त बाल बाटिका २०५८ सालबाट संचालनमा आएको थियो । यस्तै अवलोकनको क्रममा कर्णाली प्रदेशको सभासदको टोली बुधबार गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्ला पुगेको हो । संविधान सभामा प्रारम्भिक बाल विकासका मुद्दालाई समाविष्ट गर्न पहल गर्दै गएको सभासदहरुको टोलीले केन्द्रको अवलोकन सहित सहजकर्ता र अभिभावकसँग छलफल गरेका छन् ।

त्यर्सै अवसरमा प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको संयोजक सिता नेपालीले अन्य जिल्लाको तुलनामा बागलुङको बाल विकास केन्द्र संस्थागत ढंगले संचालन गर्दै आएकोमा शुभकामना व्यक्त गरिन् । यस्तै सह–सयोजक शुसिल थापाले गर्भावस्थादेखिनै बालबालिकाको अधिकार सुनिश्चीत गर्न पहल गर्ने बताए ।

संयोजक नेपाली सहित संह–संयोजक सुशील थापा, झोवा वि.क, सचिव दानसिंह परिवार र सदस्यहरुमा रातो कामी, बदमी क्वारी बोहारा, पद्मा खड्का, मिनासिंह रखाल, सोशीला शाही, अमृता शाही, कौशिलावती खत्री, सेतो गुराँस सुर्खेतका कार्यकारी निर्देशक जानकी देभकोटा अध्यक्ष रत्नलाल शर्मा र सेभ द चिल्डे«नका संयोजक यम थापाले बाल विकास केन्द्रको अवलोकन गरेका हुन् ।

कार्यक्रममा सेतो गुरासँ बाल सेवा केन्द्र बागलुङकी कार्यकारी निर्देशक बिना कार्की, सहजकर्ता पम्फा खड्काले बागलुङको बाल विकास केन्द्रको अवस्थाको बारेमा जानकारी गराएकी थिईन् । सेतो गुरासँ राष्ट्रिय बाल विकास सेवाका संस्थापक अगाथा थापाले बाल विकास केन्द्रको उद्देश्यको बारेमा जानकारी गराएकी थिईन् । सो अवसरमा सेतो गुराँस बाल बाटिका व्यवस्थापन समितिका अध्यक्ष हेमलाल आचार्यले बाल विकास केन्द्रको लागि पहिले भन्दा अहिले राज्यले पनि केही रुपमा लगानी गर्दै आएको बताए ।

प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको आयोजना तथा सेभ द चिल्डे«न र सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतको सहजिकरणमा तयगरिएको छ दिने अवलोकन भ्रमणमा सहभागी ११ जना प्रदेश सभा सदस्य, सेभ द चिल्डे«नका संयोजक यम थापा, सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतका कार्यकारी निर्देशक जानकी देवकोटा र अध्यक्ष रत्नलाल शर्मा लगाएतको टोलीले सम्रगमा अवलोकनको क्रममा प्रदेश नं. ४ गण्डकी प्रदेशको बागलुङ्ग जिल्ला पुगेको हो ।

तपाईको प्रतिक्रिया