प्रारम्भिक बाल विकासको समुह गण्डकी प्रदेशमा : सभामुखसंग भेटघाट

दिनेश कुमार बुढा

पोखरा : प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको टोली मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा पुगेको छ । गण्डकी प्रदेश पुगी सभामुख नेत्रनाथ अधिकारी तथा प्रदेश सभा सदस्यहरु संग भेटघाट तथा छलफल गरेका छन् ।

यस्तै प्रारम्भिक बाल विकास कर्णाली प्रदेशको संयोजक सिता नेपाली तथा सह–संयोजक शुसिल थापाले उक्त संस्थाले आमाको गर्भामा रहेको भूण अवस्था देखी लियर आठ बर्ष पुरा नभएका तथा विकास हुदै गर्दाको बालबालिकाको लागी काम गर्दै आएको एक बर्ष पुरानो संस्था रहेको जानकारी दिएका छन् ।

संयोजक सिताले भनिन्  ‘कानून तथा निति नियम प्रदेश सभाबाट नै निर्माण हुने भएकाले कानून तथा निति, नियम बनाउँदा बालबालिकाे बालविकासको लागि कानून बनाउँन अनुरोध गछौँ’,  ‘किन भने नेपालको संविधानमा बालअधिकार हक पनि उल्लेख गरेको हुदाँ उक्त संस्थाले यसमा काम गर्दै आएको छ ।’


यस्तै गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रारम्भिक बाल विकास समुह तथा कर्णाली प्रदेश सभा सदस्यहरुलाई स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्दै प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुलाई तत्काल बैठक बसाली उक्त विषयमा छलफल र पहलगरी समिति बनाएर कार्यक्रम अगाडि बढाउँन् अनुरोध गर्ने बताए । साथै आगामी अधिवेशन सम्मा यसको लागि निति, नियम तथा बजेट समेतको व्यावस्था गरेर समिति बनाई कार्यक्रम संचानल गर्ने बताए ।

उनले भने ‘गण्डकी प्रदेशमा यस विषयमा छलफल पनि नचलेको र विषय पनि नउठेकोले यस्लाई पहल गरेर अगाडि बढ्ने छौं’, ‘वर्ग, जाती, लिङ्ग र क्षेत्र उत्तपीडामा रहेकोले यस्लाई समान्ता लैजानु पर्छ भनेर संविधानमा पनि उल्लेख गरेको छ, क्षेत्रको हिसाबमा कर्णाली प्रदेश धेरै पछाडी परेको भएता पनि राम्रो काम गरेको र यसरि हामीलाई समेत उतप्रेरणा दिनु भएकोमा धन्यावाद दिन चाहान्छु ।’

प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको आयोजना तथा सेभ द चिल्डे«न र सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतको सहजिकरणमा तयगरिएको छ दिने अवलोकन भ्रमणमा सहभागी  ११ जना प्रदेश सभा सदस्य, सेभ द चिल्डे«नका संयोजक यम थापा, सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतका निर्देशक जानकी देवकोटा रअध्यक्ष रत्नलाल शर्मा लगाएतको टोलीले सम्रगमा अवलोकनको क्रममा प्रदेश नं. ४ गण्डकी प्रदेश पुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार