प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ
सल्यान : सल्यानको एक विद्यालयले प्राविधिक शिक्षाको पढाई सुरु गर्न महायज्ञ सुरु गरेको छ ।
विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्न प्रभाकर मावि देवस्थलमा श्रीमद्भागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञको सुरु गरेको हो ।बिहिबार कर्णाली प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन् । प्राविधिक धार सञ्चालनार्थ गर्नका लागि विद्यालयले ज्ञानमहाज्ञ गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा महायज्ञ सञ्चालनका संयोजक गञ्जमान बुढाले जानकारी दिए ।
विद्यालयको सर्वाङणीन विकास प्राविधिकधारलाई महत्व दिनका लागि विद्यालयले पुण्यार्थ गर्न अपिल गरेको छ । यसै मार्फत विद्यार्थीको ज्ञानलाई मलजल गर्न र नयाँ कुरा स्थापना गर्नका लाथि नयाँ कामको सुरुवताका निम्ति ज्ञानमाहज्ञ गर्न लागिएको महायज्ञ सञ्चालन समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक शिखर कुमार यरीको बताए । महायज्ञ मंसिर २५ गते पौष ३ गतेसम्म सञ्चालन हुनेछ ।
संगीतमय श्रीमद्भागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञमा पण्डितद्वय रामचन्द्र निमिल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सिना कथाबाचन गर्नेछन् । महायज्ञको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सामुदायिक विद्यालयले अहिलेको युग सुहाउँदो शिक्षा दिनुपर्ने बताए । विद्यालयले प्राविधिक शिक्षा सुरु गरेर गरिवका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा दिनु गर्वको विषय भएको उल्लेख गरे । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार पुन, उप प्रमुख मञ्जु यरी, वडा अध्यक्षहरु शान्तकुमार यरी र पुरुषोतम आचार्य, नेकपा नगर मिटी अध्यक्ष कृतिबहादुर राना, नेपाली काँग्रेसका भुपाल साहु लगायतको सहभागिता रहेको थियो ।
