भक्तजनको स्नेहले प्रेरणा मिलेको छ : टंकबहादुर राजी

सुर्खेतको वीरेन्द्रनगरस्थित देउतीबज्यै मन्दिर प्रमुख धार्मिकस्थल हो । गंगामाला देउतीबज्यै मन्दिरसँगको ईतिहास राजी जातीस“ग जोडिएको छ । राजी समुदायले नै देउती बज्यैको स्थापना गरेकाले मन्दिरमा राजी समुदाय बाहेक अन्य समुदायबाट पुजारी राख्न मिल्दैन । गंगामाला देउतीबज्यैका मुख्य पुजारी टंकबहादुर राजी हुन् । २००७ सालमा जन्मिएका टंक २२ वर्षकै उमेरदेखी मन्दिरको मुख्य पुजारी बनेका छन् । सुर्खेत उपत्यकामा अन्य जातिको बसोबास थिएन । चौखेढुंगा राजी समुदायको बस्ती मात्रै थियो । ‘हाम्रो पुख्र्यौली थातथलो यहीँ भूमि हो’ मुख्य पुजारी टंक भन्छन्, ‘इतिहासकालदेखीको सम्बन्ध मन्दिरस“ग रहेकाले हामी बाहेक अरुले पूजा गर्न मिल्दैन ।’ टंकभन्दा पहिला मुख्य पुजारी विजुली राजी, फकिरा राजी, भूरा राजी र खुसीराम राजी थिए ।

देउतीबज्यैको नामाकरण
परम्पराकालमा चौखेढुंगामा राजी समुदायको बसोबास थियो । राजीहरुको मुख्य पेशा भनेकै माछा मार्ने, नदीमा डुङ्गा चलाएर मान्छे तार्ने, नदी किनारामा बालुवा चालेर सुन खोज्ने पेशा हो । त्यहीँ समुदायमा एक राजीका कुनै सन्तान थिएनन् ।

भेरीमा माछा मार्न जाल थापेका बेला बाकसमा रहेको कुपिण्डोमा बालिका प¥यो । ‘सन्तानविहीन ति राजीले ति बालिकालाई आफ्नै छोरी बनाएर पाले’ टंक भन्छन्, ‘बालिकालाई पालेका राजीको परिवारमा खुसी छायो, सन्तान नहुँदा बालिकाले घरमा छुट्टै रौनक ल्याइन् ।’

नयाँ गाउँमा पानीको ठूलो ताल थियो । धुलियाविटबाट झुप्रा खोलाको पानी त्यहीँ तालमा आउँथ्यो । काँक्रेविहारको बीचको भागमा मन्दिर बाहेक दायाँबायाँ कुनै बस्तीको विकास भएको थिएन । काँक्रेविहारलाई त्यतिबेला राजी समुदायले गुप्ती बास भन्थे । पाँच पाण्डवले काँक्रेविहारमा बस्ने भएकाले हुर्कदै गएकी ति कन्या दर्शन गर्न चौखेढुङ्गाबाट काँक्रेविहार डुंगा चढेर जानेक्रममा डुङ्गा पल्टिदाँ वेपत्ता भइन् । ‘कन्यालाई पालेका राजी दम्पति रोइकराई गर्न थाले ।

समुदायका अन्य राजीले तिम्रो मात्रै छोरी हैनन् ।
हामी सबैको हुन भनेर सम्झाए’ टंक पौराणिक कथन सम्झन्छन्, ‘किवदन्तीमा कन्या नयाँगाउँ हुँदै काँक्रेविहार पुगेर फर्किएकी हुन् वा जाँदै छन् भन्ने उल्लेख छैन ।’
राजी जातीले नै तालको पानी खनेर निकास गरेपछि कन्या डुवेको ठाउँमा बाघ लाग्ने, खरको घरमा दिउँसै आगलानी हुने गथ्र्यौ । तर अनेक घटना भइरहन थाले पनि नयाँगाउँमा ढुंगाको मूर्ति बनाएर पूजा गर्न थाल्दा कुनै घटना नभएपछि राजी जातिले देउती बज्यै मन्दिर स्थापना गरे ।
गंगाबाट जालमा परेर हुर्काएकी ति कन्या डुङ्गा पल्टिएर वेपत्ता भएपछि गंगामाला देउतीबज्यै मन्दिर नामाकरण गरिएको मुख्य पुजारी टंकको भनाइ छ । आठ लाख ६४ हजार वर्षमा चलेको द्वापर युगदेखी नयाँगाउँस्थिति देउती बज्यैमन्दिरमा पुजा गर्न सुरु
गरिएको हो ।

पीपिरा कसरी सारियो देउतीबज्यै ?
राजी जातिले नयाँ गाउँमा तालहुँदा कालपानी भन्थे । ताल सुकेर मन्दिरमा पूजा गर्न थालेपछि बस्तीको खासै विकास भएको थिएन । नयाँ गाउँमै पूजा गर्ने चलन धेरै थियो ।

अचेलको जस्तो मन्दिरसम्म पुग्ने विकास नहुँदा मुख्य मन्दिरबाट एउटा मूर्ती पीपिरा ल्याएर टंकका बुवा भूरा राजीले स्थापना गरे । ‘सडकको सहज पहुँच नहुनु र बिहानै शीत परेको बेला मन्दिरमा पूजा गर्न जान समस्या भएपछि पीपिरा सानो मन्दिर बनाइएको थियो’ टंकले थपे, ‘विस्तारै रत्न राजमार्ग र बस्तीको विकासले पिपिरामै भक्तजनको ठूलो घुइँचो लाग्न थाल्यो ।
यसले विस्तारै नयाँगाउँको मुख्यमन्दिर ओझेलमा प¥यो ।’ दैलेखका नेवार समुदायका भक्तविर जिमवालले दाङबाट थारु समुदायलाई सुर्खेत भिœयाए । ।
विस्तारै उपत्यकामा बस्तीको विकास गर्न तिनै भक्तविरले रेखाङ्कन गरे । ०२९ सालमा दर्ता गरेपछि मानविय बस्ती विस्तारै बढ्दो क्रममा गयो ।  बेला–बेला तत्कालिन राजा वीरेन्द्र सुर्खेत आउँदा उनले देउतीबज्यै मन्दिरमा दर्शन गर्न थाले । त्यहीँबेला देउती बज्यै मन्दिरको विकास गर्न श्री ५ सरकारले सहयोग गरेको टंक बताउँछन् । ‘छाप्रोमा मन्दिर थियो राजा वीरेन्द्रको मृत्युपछि राजा ज्ञानेन्द्रले मन्दिरको भवन बनाइदिनु भएको हो’ टंक भन्छन्, ‘त्यसपछि विस्तारै क्रमिम रुपमा बाँकी मन्दिरहरु स्थापना गरिएको हो ।’

पूरै परिवार मन्दिरका पुजारी
टंकबहादुर राजीको परिवारका अन्य तीन जना सदस्य पनि मन्दिरकै पुजारी छन् । उनका छोरा जनक राजी र श्रीमति कमलावती राजी पनि मन्दिरकै पुजारी हुन् ।

मन्दिरमा दर्शन गर्न पुग्ने श्रद्धालुहरुलाई टीका लगाइदिने र मन्दिरमा पूजासमेत गर्ने काम यीनै परिवारका सदस्यहरुले गर्दै आएका छन् । उनीहरु बाहेक अन्य राजी समुदायका पुजारी पनि मन्दिरमा कार्यरत छन् । ‘नयाँगाउँकै मुख्य मन्दिरमा दर्शनार्थीहरुलाई पूजा गराउने अभियानमा लागेको छु’ मुख्य पुजारी टंक भन्छन्, ‘राजी जातिले जीवन्त बनाएको मन्दिर प्रतिको आस्था अझै जोगाइराख्न नयाँगाउँको मुख्य मन्दिरलाई व्यस्थित गर्ने योजनामा छु ।’

सारा परिवार यसै मन्दिरमा लागे पनि कहिल्यै नराम्रो नभएको बताउने टंकले वर्सेनी बढ्ने श्रदालुहरुको स्नेहले मन्दिरलाई अझै व्यवस्थित गर्न पहली प्रयासको मार्गमा हिँड्ने प्रेरणा मिलेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया