टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु
सुर्खेत : हुम्लामा बिहीवार भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्याय हुम्लाका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहका अनुसार नाम्खा गाउँपालिका –६ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना भएको हो । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा एक निवासी हेप्का गाउँका २५ वर्षकी सोनाम मिगुर लामा, नाम्खा वडा चार बस्ने साबेल लामाको रहेका छन् । मृत्युभएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् ।
घाईते हुनेमा टिप्पर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालीका ४ घरभएका वर्ष २५ का कुलमान तामाङ्ग र हुम्लाको नाम्खा गाउँपालिका वडा १ वर्ष ३२ की सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
घाइते चालक सहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले जानकारी दिए । टिप्पर भिरबाट सात सय मिटर भन्दा तल खसेको बताए । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिप्परमा चालकसहित चार जना सवार रहेका थिए । घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम सिमकोट ल्याउने तयारी भइरहेको छ । बाक्लो हिमपातका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
