दैलेखमा चितुवाको छालासहित पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय दैलेखले दुर्लभ वन्यजन्तु चितुवाको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको छ ।

दैलेख पश्चिमको चामुण्डाविन्द्रासैनी नगरपालिका ४ स्थित तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाहीलाई दुर्लभ वन्यजन्तु चितुवाको छाला र हड्डीसहित प्रहरीले पक्राउ गरेको हो । दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले चितुवाको छाला र हड्डीसहित शाहीलाई पक्राउ गरेको हो ।


शाहीको घरबाट भुँइतलामा लुकाइछिपाइ राखेको छाला र हड्डी फेला परेको डीएसपी ओलीले जानकारी दिए । प्रहरीले शाहीलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय दैलेखमा बुझाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार