पीपीएलको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंगशालामा आयोजना हुनेछ । लिग सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् ।लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।

उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ । खेल मंसिर २८ गते हुने छ । यस्तै फाइनल खेल पुस १२ गते हुनेछ ।

तपाईको प्रतिक्रिया