१३ औं सागमा नेपाललाई ५१ स्वर्ण

काठमाडाै‌‌ : दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । नेपालले पहिलो पटक ५१ स्वर्ण हातपार्दै ऐतिहाँसिक सफलता हात पारेको हो । यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो ।

त्यो नै नेपाले अहिलेसम्म जितेको सबैभन्दा बढी स्वर्ण थियो । सन् २०१९ मा आइपुग्दा आफैंले आयोजना गरेको सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको हो । ५१ स्वर्णमध्ये कर्णाली प्रदेशका प्रतिनिधि दिपक हमालले उसुमा एक स्वर्ण दिएका हुन । त्यस्तै सल्यानका पुष्पा भण्डारीले एक रजक दिलाइन । घरेलु मैदानमा भएको १३ औं सागमा नेपालले ५० स्वर्ण जित्ने लक्ष्य राखेको थियो । प्रतियोगितामा कुल तीन सय २४ स्वर्णसहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

सागमा पौडी खेलाडी गौरिका सिंहले सर्वाधिक अर्थात चार वटा स्वर्ण पदक जित्न सफल भएकी छिन् । उनले दुई सय मिटर ब्याकस्ट्रोक, दई सय मिटर फ्रिस्टाइल, चार सय मिटर फ्रिस्टाइल र एक सय मिटर फ्रिस्टाइल गरी एकै संस्करणमा चार वटा स्वर्ण जित्ने कीर्तिमान रचेकी हुन । यसअघि तेक्वान्दोका दीपक विष्टले सागमा सर्वाधिक चार स्वर्ण जितेका थिए ।


नेपालका मुख्य तीन शहर काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता १५ मंसिरमा सुरु भएको थियो । प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाका थिए । प्रतियोगितामा आयोजक नेपालसहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी थिए । आगामी १४ औं साग पाकिस्थानमा आयोजना हुने छ । खेलको समाप्तिसँगै नेपालले सागको झण्डा पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार