अन्तिमपल्ट भेट्न बोलाएर प्रेमीको लिङ्‍ग काटियो

काठमाडौं :  एकजना युवतीले धोका दिएको भन्दै अन्तिम पटक भेट्न बोलाएर प्रेमीको लिङ्ग नै काटिदिएकी छन्। ती प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग काटिदिएकी हुन् ।

काठमाडौं महानगरपालिका–६ महाँकालमा बस्दै आएकी ती १९ वर्षीया प्रेमिकाले मकवानपुरको हेटौँडा घर भइ बौद्ध बस्‍ने २१ वर्षीय राजीव सुनुवारको लिङ्ग काटिदिएकी हुन् ।

सुनुवारको लिङ्ग काटिएपछि चाबहिलस्थित ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी रमेशबहादुर सिहंका अनुसार  दुवैजना हायात होटलमा काम गर्ने कर्मचारी हुन् ।

प्रेम सम्बन्धमा रहेका उनीहरुको धर्म फरक हुँदा बिहेमा परिवार बाधक बनेको थियो। त्यसपछि प्रेमीले अलग हुन प्रस्ताव प्रेमिकासँग गरेको खुलेको सिंहले बताए ।


एक सातादेखि बोल्न छाडेका उनीहरुबीच सोमबार भेट भएको थियो। प्रेमिकाले राजिवलाई अन्तिमपल्ट भेट्न कोठामा बोलाएर चक्कुले लिङ्ग काटिदिएकी हुन्। प्रेमीको लिङ्ग काटिदिएपछि प्रहरीले युवतीलाई हिरासतमा लिइसकेको छ ।



ताजा समाचार