दीर्घकालिन विकास

सडक विकासको पहिलो पूर्वाधार हो । साँचिक्कै भन्नुपर्दा विकासको मुहान फुटाउने अस्त्र पनि सडक नै हो । सडक नभई कुने पनि ठाउँको विकास हुन हुँदैन पनि ।

सडकले नै मानिसको दैनिकीलाई थप सहज बनाइदिन्छ । यद गाउँमा सडक पुग्ने हो शहरका हरेक बस्तुहरु त्यहाँ पुग्छन् । गाउँमा उत्पादन हुने बस्तुले समेत राम्रो मूल्य पाउँछन् । घण्टौ लगाएर पार गर्ने दुरीलाई क्षणभरमै पार गर्न सकिन्छ । आपत्तकालिन अवस्थामा झन यातायात मानिसका लागि बरदानसावित हुन्छ ।

रत कर्णालीका स्थानीय तहले सडक निर्मांणलाई पहिलो प्राथमिकतामा राखेका छन् । नागरिकमा पनि सडक नै विकास हो भन्नेसम्मको भ्रम परेको छ । झट्ट हेर्दा विकास नै सडकपो हो कि भन्नेसम्म पर्छ । तर विषय सडकमा मात्रै होइन । राज्यले करोडौं लगानी गरेका सडकहरु गुणस्तर पनि कायम हुनु आवश्यक छ । किनकी गुणस्तर बीनाको विकास बास्तवमा विकास नै होइन । किनकी गुणस्तर बिनको सडकमा सधै गाडी चढ्छन् भन्ने ग्यारेन्टी छैन ।

विकासका हिसावले पुच्छारामा रहेको कर्णालीका स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिनु निकै गौरवपूर्ण कार्य हो । स्थानीय सरकार आएपछि दुर्गम बनीएका बस्तीहरुमा समेत मोटरबाटे पुगेको छ । कम्तीमा गाउँमा कोही विरामी भएको खण्डमा औषधि उपचारका लागि एम्बुलेन्स लिन सकिने अवस्था छ । गाउँको उत्पादनले बजार पाएको छ । हिजो घण्टौं लाएर पार गर्नुपर्ने डाँडाकाँडा आज क्षणभरमै पार गर्ने सम्भव भएको छ ।

यस अर्थमा स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु राम्रो काम हो । जसका लागि स्थानीय सरकार आफैले निर्मांण सामग्री खरिद गर्ने र ठेक्कापट्टालाई रोकेर कमिसनको प्रथालाई रोकुवा गरेका छन् । थोरै भएपनि सरकार आफैले सडक बनेको छ । सडक निर्माण गर्दा जनप्रतिनिधिहरुले ठूलो भूल गर्दै आएका छन् । किनकी कुनै पनि स्थानीय सरकारले बातावरणित प्रभाव मूल्याङ्कन नगरेरे सडक निर्माण गरेका छन् ।

जनप्रतिनिधिनै डोजर मालिक बनेका छन् । उनीहरुलै बाटो खन्ने इन्जिनियर छन् । सडकको गुणस्तर मापनको भूमिका समेत जनप्रतिनिधिहरुकै छ । यस किसिमको विकासले कुनै पनि कोणबाट दीर्घकालिनरुप लिन सक्दैन । विषय यतिमात्रै होइन मनपरी गरिएको विकास निर्माणले समाजमा फेरि विनास समेत निम्त्यिाउछ । जसले गर्दा स्थानीय सरकारले दीर्घकालिन विकासलाई आफ्नो मियो बनाउनु पर्दछ ।

सडक विना स्थानीय तहको विकास सम्भव छैन भन्नेर नै सल्यानको छात्रेस्वरी र सुर्खेतको चौकुने गाउँपालिकाले सडक निर्माण आफैले गर्दै आएका छन् । उनीहरुसँग आफ्नै जेसीबीदेखि लाडेरसम्मका निर्माण सामाग्री छन् । तर दुःखद कुरो यीनै स्थानीय तहले सडक निर्माणमा नमूना काम गर्न सकेका छैनन् । बरु नागरिकबाट उल्टै गालीका बर्षाहरु आएका छन् । यसको एउटै कारण भनेको गुणस्तिरिय विकासको कमी नै हो ।

हुन त सडकसँगै नै मानिसको दैनिकी जोडिएको छ । राज्यको अर्बाै रकम खर्च भएको । यति ठूलो मेहन र परिश्रम लगाउँदा पनि सरकारले दीर्घकालिन विकासमा ध्यान दिन नसक्दा नागरिकबाट उठेको आक्रोष हरेक कोणबाट ठिक छ । तर नागरिकको आवाजलाई जनप्रतिनिधहरुले सुन्न छोडेका छन् । कसैले कुनै प्रश्न उठायो कि राजनीति आस्था र स्वार्थसँग जोड्छन् । सही विषयलाई सही हो भन्ने हैसियत राख्दैनन् ।

जुन सबैभन्दा ठूलो विडम्वना हो । तसर्थ राज्यले खर्चेको विकासमा सरकारले अर्बाै लगानी गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले मच्चाएको जोडर आतंकसँग पनि नागरिकको खुनपसिना जोडिएको छ । फेरि जनप्रतिनिधिहरुले गर्ने विकास निर्माण पनि समग्रमा नागरिककै लागि हो । त्यसकारण बरु थोरै गरौं तर दीर्घकालिन विकास गरौैं ।

दीर्घकालिन विकास गर्ने विषयमा सचेत नागरिकले सहयोग गरौं । स्थानीय सडहरु बाह्रै महिना चल्ने गरी स्तरोन्नतीमा ध्यान दिऔं । समग्रमाभन्दा विकासका नाममा विनासको अवस्था आउन नदेऊ । जनप्रतिनिधिनै इन्जिनियर बन्ने प्रवृतिको अत्य गरौं । तर विकासलाई राजनीतिसँग नजोडौं ।

तपाईको प्रतिक्रिया