जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
मंसिर १९ गतेदेखि नगरपालिका तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मा भए गरेका विकास निर्माण र नगरपालिकाले प्रवाह गरेका सेविका सुविधाको विषयलाई केन्द्रमा राखी सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
सार्वजनिक सुनुवाई गर्न नगरपालिकाले समूह (क) र (ख) दुई भागमा वडाहरु विभाजन गरेको छ । समूह कले वडा नं १ र समूह खले वडा नं ७ वाट सुरु गरेको छ । शनिबार मात्रै नगरपालिकाले वडा नं ३ दशेरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरप्रमुख लालबहादुर महतारा, उप प्रमुख सरिता वली, प्रशासकीय अधिकृत झलक केसी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै विषयगत शाखाका प्रमुख, वडा नम्बर ३ का वडाध्यक्ष धनबहादुर थापा, सचिव मानबहादुर थापाको समेत सहभागिता रहेको थियो । त्यस्तै आइतबार सामाजिक विकास शाखाको प्रमुख माधव कुमार बुढाको नेतृत्वमा वडा नम्बर ४ मा समेत सार्वजनिक सनुवाई गरिएको छ । कार्यक्रम सहजीकरण नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाहले गरेका थिए ।
युग संवाददाता । । २३ मंसिर २०७६, सोमबार १५:३८