‘मेहलकुना अस्पताललाई स्तरबृद्धि गर्छाैँ’ राज्यमन्त्री : रावत

 दिनेश कुमार बुढा

सुर्खेत : सुर्खेतको मेहलकुना अस्पताललाई नमूना बनाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । अस्पतालको निरीक्षणका लागि मेहलकुना अस्पता पुगेका उनले स्तरबृद्धि गरी नमूना र २४ घण्टा सेवा सुविधा दिने बताए ।

उनले गुर्भाकोट नगरपालिका सुर्खेतमा रहेको ५० शैययाको उक्त अस्पताल भौतिक पूर्वाधार लगायतको अभावमा हाल १८ शैययाको सेवामा सिमित छ । अस्पतालको अनुगमनपछि राज्यमिन्त्र रावतले मेहलकुना अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै सल्यान, जाजरकोट र रुकुमका नागरिकले समेत सेवा लिनसक्ने भएकाले स्तरीय एवं नमूना अस्पतालका रुपमा विकास गरिने बताए ।

‘यो अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै अन्य छिमेकी जिल्लाहरुबाट समेत सेवा लिइरहेका रहेछन’, उनले भने,‘यसलाई नमूना अस्पतालको रुपमा विकास गर्नेगरी तपाइहरु लाग्नुहोस मैले कहाँ के गर्नुपर्छ सहयोग गर्छु ।’ उनले संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकार पूरा गर्नु स्थानीय र प्रदेश सरकारको समेत जिम्मेवारी भएकाले अस्पतालको विकास र व्यवस्थापनामा ध्यान दिन सुझाव दिए । ५० शैय्याको सेवा दिनका लागि निर्माण भैरहेको भवनको समेत राज्यमन्त्रि रावतले अनुगमन गरेका छन् ।

समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशसन समेत उनले दिएका छन् । यस्तै अस्पतालका कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा भन्दा सरकारी सेवालाई प्राथमिकता दिन पनि निर्देशन दिए । यस्तै अस्पताले दिने निःशुल्क सेवाहरुलाई प्रभावकारी बनाउन सुझाव दिए । अनुगमनकै क्रममा उनले अस्पतालमा भर्ना भएका विरामीहरुसंग भेटगरी उक्त सेवा प्रवाहका बारेमा उनीहरुका धारणा सुनेका थिए । एक अर्काे प्रसंगमा उनले अब कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने बताए ।

अहिलेको सरकारले सबै ठाउँका नागरिकलाई आधारभूत सवा पु¥याउने लक्ष्य लिएकाले आफ्नो कार्यकालभित्रै यसको प्रत्याभूति दिने उनको राज्यमन्त्रि रावतले जिकिर गरे । सहर र सुगमका जनताले मात्रै स्वास्थ्य सेवा पाउने र दुर्गमका जनता उपचार अभावमा वस्नुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताए । दुर्गम क्षेत्रमा अहिलेपनि स्वास्थ्यकर्मी नवस्ने गरेको बताउँदै यसको छिटै अन्त्य हुने बताए ।

सरकारको छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकहरुले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्नुपर्नेगरी नीति बनाइने उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर खत्रीले विभिन्न समस्याका बावजुद मेहलकुना अस्पतालले सेवा दिइरहेको बताउँदै आफ्नै जिल्लाको राज्यमन्त्रि पाउँदा समस्या समाधान हुने आशा गरेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटन्टेण्ट मनिष कुमार मिश्रले अस्पतालमा विरामीको चाप हुने तर चिकित्सक तथा उपकरण र भौतिक पूर्वाधारको अभावमा आवश्यक सेवा दिन नसकेको बताए । गत एक बर्षमा ३९ हजार १ सय ७८ बिरामीले सेवा लिएको जानकारी गराउँदै उनले अस्पतालमा एम्बुलेन्स, ल्याव, एक्सरे लगायतका उपकरणको आवश्यकता रहेको जानकारी गराए ।

यस्तै राज्यमन्त्रि रावतलाई स्वागत गर्दै मैनतडाका स्थानीयहरुले विभिन्न मागहरु राखेका छन् । उनीहरुले आर्यूेवेद औषधालयलाई व्यवस्थित गर्नुपर्ने, स्वास्थ्यचौकीमा आवश्यक उपकरण व्यवस्था गर्नदेखि भेरी बबई आयोजनाका कारण मुआब्जा वितरणमा आएको समस्या समाधानका लागि पहल गरीदिन समेत पहल गरेका छन् । स्थानीय यज्ञराज शर्माले जिल्लावासी मन्त्रि भएकाले आफ्ना मागहरु पूराहुने अपेक्षा गरेको बताए ।

तपाईको प्रतिक्रिया